भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै ३२ सय १८ कित्ताकाट भएका छन् । झापाको भद्रपुरबाट २७ सय ८, कैलालीको धनगढी मालपोतबाट २२ सय ३६, धनुषामा २१ सय ९५, पर्सामा २१ सय ६१ कित्ताकाट भएका छन् ।

367B408218B985F-icon.png
182views
9C8C7F2D547E3C9-0FA11CE8ECCDC5D-lalitpur-land.jpg

काठमाडौं । मन्दी कायमै रहेपछि भदौमा डेढ वर्षयताकै कम कित्ताकाट भएका छन् । भदौमा देशभर ६१ हजार ३३२ कित्ताकाट भएका छन्, यो संख्या ०७९ चैतयताकै सबैभन्दा कम हो । 

सरकारले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गइरहेको बताइरहे पनि उपभोक्तामा आत्मविश्‍वास बढ्न नसक्दा घरजग्गा किनबेचसँगै कित्ताकाट पनि घट्दै गएको हो । 

प्रणालीमा तरलता थुप्रिएपछि बैंकले बोलाएरै कर्जा लैजान आग्रह गर्न थालेका छन् । बैंकले एकल बिन्दूमा कर्जाका स्किम ल्याउन प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा खुकुलो नीति लिँदै गइरहेको छ । तैपनि बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहक बढ्न नसकेको बैंकरको भनाई छ । 

भदौमा देशभर २७ हजार ८४३ कित्ता जग्गा कित्ताकाट भई ६१ हजार ३३२ भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । यसअघि ०७९ फागुनमा ६० हजार ३६१ कित्ताकाट भएका थिए । त्यसता उतार चढावकै बिच पनि कित्ताकाट बढ्दै गइरहेको थियो ।

यही जेठमा एक लाख ६५ हजारभन्दा बढी कित्ताकाट भएको थियो । त्यसयता भने कित्ताकाट निरन्तर घटिरहेको देखिन्छ । असारमा एक लाख ३६ हजार र साउनमा ९५ हजार ९८१ कित्ताकाट भएका थिए ।

इनरुवामा सबैभन्दा धेरै कित्ताकाट

भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै ३२ सय १८ कित्ताकाट भएका छन् । झापाको भद्रपुरबाट २७ सय ८, कैलालीको धनगढी मालपोतबाट २२ सय ३६, धनुषामा २१ सय ९५, पर्सामा २१ सय ६१ कित्ताकाट भएका छन् ।

यस्तै, लगनखेलबाट दुई हजार १३, बाराको कलैयाबाट १८ सय ३९, सप्तरीको राजविराजबाट १७ सय ६७, महोत्तरीको जलेश्वरबाट १६ सय ८६, सर्लाहीको मलंगवाबाट १६ सय चार, सिराहाबाट १५ सय ७४ कित्ताकाट भएको विभागको तथ्यांक छ ।

भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

C4D84DAD0B9759C-Gundu.jpeg

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग