मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

कर्जा प्रवाह बढ्दै जानुपर्नेमा उल्टै खुम्चिरहेको छ । असोजमा ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा कात्तिक मसान्तसम्म आइपुग्दा १३ अर्बले घटेर ४६ खर्ब ६९ अर्बमा खुम्चिएको छ ।

367B408218B985F-icon.png
110views
4C4B49C28EF5FB5-Deposited.jpg

काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि मुद्दति निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। 

कात्तिक महिनामा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ । एक महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । 

मंसिरका लागि ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन्  । मंसिरमा पनि धेरै वाणिज्य बैंकहरुले  निक्षेपको ब्याजदर घटाएका हुन् । 

देशमा आर्थिक गतिविधि नबढ्दा कर्जाको माग पनि बढ्न नसकेको हो । चरम निरासा बढिरहेका हुँदा लगानीकर्ताले बैंकबाट कर्जा लिएर लगानी गर्ने हिम्मत गर्न सकेका छन् । 

कर्जा प्रवाह बढ्दै जानुपर्नेमा उल्टै खुम्चिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । असोजमा ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा कात्तिक मसान्तसम्म आइपुग्दा १३ अर्बले घटेर ४६ खर्ब ६९ अर्बमा खुम्चिएको छ ।

कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्टले ब्याजदर स्थिर राखेका छन्

पछिल्लो एक वर्षयता बैंकको बैंकमा निक्षेपको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । अर्थतन्त्र शिथिल भएर तंग्रिन नसक्दा कर्जाको माग पनि बढ्न सकेको छैन ।

बैंकमा तरलता थुप्रिएपछि कर्जाको ब्याजदर पनि घटेको छ । अहिले न्यूनतम ७ प्रतिशत ब्याजदरसम्ममै कर्जा पाउन थालेको छ । तैपनि कर्जाको काग नबढेको बैंकरको गुनासो छ ।

उद्योग र व्यापार मात्र होइन, घरजग्गा र शेयर कारोबारमा समेत उल्लेख्य कर्जा बढ्न सकेको छैन । यही अवस्था रहिरहे अझै निक्षेप र कर्जाको ब्याजदर नबढ्ने पक्कापक्की छ ।

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

बाढीपहिरोबाट मकवानपुरमा ३१७ घरमा क्षति, एक अर्बभन्दा बढीको क्षति

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड भारत निर्यात

आज ठूलो एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

बाढीले बगर बन्यो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

5090E65F3898D1A-NPA.png

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

8B1AF5B687C5257-1.jpeg

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए