भूमि व्यवस्थापन विभागका अनुसार यस वर्ष सबैभन्दा धेरै कित्ताकाट जेठ महिनामा भएको देखिन्छ । जेठमा देशभर एक लाख ६५ हजार चार सय कित्ताकाट भएका छन् ।
काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष देशैभर जग्गाको कित्ताकाट सामान्य बढेको छ ।
०८१ को वैशाखदेखि अशोज महिनासम्म देशभर दुई लाख ९४ हजार ४६२ कित्ता जग्गा टुक्राएर ६ लाख ६२ हजार ४०५ कित्ता पुर्याइएको छ । यस्तो कित्ताकाट संख्या अघिल्लो वर्ष ०८० को सोही अवधिमा ६ लाख १२ हजार रहेको थियो ।
अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा घरजग्गा किनबेच पनि बढेको छ ।
भूमि व्यवस्थापन विभागका अनुसार यस वर्ष सबैभन्दा धेरै कित्ताकाट जेठ महिनामा भएको देखिन्छ । जेठमा देशभर एक लाख ६५ हजार चार सय कित्ताकाट भएका छन् ।
वैशाखमा एक लाख ३० हजार, असारमा एक लाख ३६ हजार कित्ताकाट भएका छन । साउनदेखि पुनः कित्ताकाट रोकिएपछि घटेको थियो । जग्गा वर्गीकरण नभएको क्षेत्रमा कित्ताकाट रोकिएपछि साउनदेखि घटेको भूमि विभागले जनाएको छ ।
साउनमा करिव ९६ हजार, भदौमा ६१ ह्जार र अशोजमा ७२ हजार कित्ताकाट भएका छन् । सरकारले भूउपयोग नियमावली ०७९ संशोधन गरेर एक वर्षका लागि कित्ताकाट खुला गरेको छ ।