व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पहिलो पटक घरजग्गा किन्ने ग्राहकलाई अधिकतम दुई करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

367B408218B985F-icon.png
552views
3980EF4110B922C-F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहक ह्वात्तै घटेका छन् । 

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन–अशोज)को तुलनामा चालु आवको सोही अवधिमा व्यक्तिगत आवासीय कर्जा प्रवाह ६३ प्रतिशतले घटेको हो ।

गत वर्षको पहिलो तीन महिनामा बैंकहरुले २६ अर्ब ७७ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेका थिए । तर, यस वर्ष यो घटेर ९ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पहिलो पटक घरजग्गा किन्ने ग्राहकलाई अधिकतम दुई करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । 

घरजग्गा प्रवाहसँगै घरजग्गा कारोबारमा सुधार नआउँदा देशकै आर्थिक गतिविधि समेत सुस्त बनेका छन् । 

बजार विश्लेषकहरूका अनुसार यो गिरावटका पछाडि मुख्यतया मन्दी, आत्मविश्वासको कमी, बजारको माग घट्नुजस्ता कारणहरू जिम्मेवार छन् । घरजग्गा क्षेत्रमा लगानीको कमीले निर्माण र व्यापारजस्ता क्षेत्रहरूमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ । 

बैंकमा तरलता फालाफाल भएपछि कर्जाको ब्याजदर ८ प्रतिशतको रेञ्जमा झरि

सकेको छ । तैपनि बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै घटेको देखिन्छ । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ यथावत राखिरहेका कारण पनि घरजग्गा कर्जा बढ्न नसकेको एकथरीको भनाई छ । अहिले पनि बैंकहरुले घरजग्गामा फेयर मार्केट भ्यालुको ४० प्रतिशतमात्र लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा कर्जामा जोखिमभार १२५ प्रतिशत छ । 

ऋण लिएर घजग्गा खरिदकर्ताका चुनौतीहरू

डाउन पेमेन्ट जुटाउन कठिनाई

बैंकहरूले कर्जा प्रवाहमा गर्दा कडा नीति अपनाउँदा घर किन्ने व्यक्तिहरूले न्यूनतम डाउन पेमेन्टका लागि आवश्यक रकम जुटाउन समस्या भोगिरहेका छन् । अहिले बैंकले काठमाडौं उपत्यकामा ४० प्रतिशत र बाहिर ५० प्रतिशतमात्र कर्जा लगानी गर्न पाउँछन् ।

घरजग्गाको मूल्य र आर्थिक जोखिम

कुनै पनि खरिदकर्ताले घरजग्ग खरिद गर्दा आफ्नो दीर्घकालीन वित्तीय स्थायित्वलाई विचार गर्छन् । तर, हालको अनिश्चित बजारले उनीहरूलाई निर्णय लिन झन् कठिन बनाएको देखिन्छ । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आउनुको सट्टा झनझन खस्किरहेको देखिन्छ ।

कर्जा प्रक्रियाको जटिलता

बैंकहरूले जोखिम घटाउनका लागि कर्जा प्रक्रियामा कडाइ गर्दा घर खरिद गर्न चाहने व्यक्तिहरू झन् बढी प्रभावित भएका छन् । घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले १२५ प्रतिशत जोखिम भार व्यवस्था गर्नुपर्छ । 

सामन्यतया फस्ट होम बायरहरू घरजग्गा बजारका प्रमुख ग्राहक हुन् । किनभने हरेक व्यक्ति आफ्नो एउटा घर होस् भन्ने चाहन्छ । तर, उनीहरूको संलग्नता घट्दा सम्पूर्ण बजार नै मन्दीमा गएको छ ।

यस्तै गैरआवासीय नेपालीहरुले पनि नेपालको घरजग्गामा लगानी गर्न कम गर्दै गइरहेको देखिन्छ । उल्टै यहाँको घरजग्गा बिक्री गरेर विदेशमा पैसा लैजाने प्रवृत्ति बढ्दै छ ।

बैंकको कर्जा प्रवाह बढाउनका लागि पहिलोपटक घर किन्ने व्यक्तिहरूलाई लक्षित गरेर सरकार र बैंकहरूले सहुलियतपूर्ण कर्जाको योजना ल्याउनुपर्ने देखिन्छ । 
फस्ट होम बायरहरूलाई केन्द्रमा राखेर नीति निर्माण नगरिए, घरजग्गा बजारको संकट झन् गहिरिने बजार विश्लेशक बताउँछन् ।

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर