०८१ मा गृहारम्भ मंसिर तीन गते, पुस २७ गते र फागुन २६ गते तथा गृहप्रवेशको शुभसाइत माघको २५ र २६ गते तथा फागुनको २३ गते रहेको छ ।
काठमाडौं । के तपाईं आफ्नो सपनाको घर निर्माण सुरु वा नयाँ घरमा सर्दै हुनुहुन्छ ? हिन्दू धर्म परम्पराअनुसार गृहारम्भ (घरको जग राख्ने) र गृहप्रवेश (नयाँ घरमा सर्न)का लागि राम्रो साइत जुराउने चलन छ नि !
हिन्दू धर्ममा शुभसाइत जुराएर घरको जग राख्ने वा नयाँ घरमा बसाई सर्नु लाभदायक मानिन्छ । आज हामी तपाईंहरुलाई ०८१ सालमा कुन-कुन दिन गृहारम्भ र गृहप्रवेशका लागि उपयुक्त छन् भनेर जानकारी गराउँदै छौं ।
चालू वर्ष ०८१ मा आवास वा भवन निर्माण शुभारम्भ र गृहप्रवेशका लागि राम्रो शुभसाइत अत्यन्तै कम परेका छन् । गृहारम्भ र गृहप्रवेशका लागि वर्षभरीमा तीन/तीन दिनमात्र परेको हाम्रोपात्रोमा उल्लेख छ ।
०८१ मा गृहारम्भ मंसिर तीन गते, पुस २७ गते र फागुन २६ गते गरी तीन दिनमात्र रहेको देखिन्छ । यस्तै, गृहप्रवेशको शुभसाइत माघको २५ र २६ गते तथा फागुनको २३ गते गरी तीन दिन रहेको छ ।
तर, अरु दिन पनि ज्योतिष वा पण्डितसँग देखाएर शुभसाइत निकाली गृहारम्भ र गृहप्रवेश गर्न सकिने जानकारहरु बताउँछन् ।