कलंकी र कुलेश्वर क्षेत्रमा फेरी बढ्यो अपार्टमेन्ट किनबेच

अशोज महिनादेखि कलंकीस्थित मालपोतबाट अपार्टमेन्ट किनबेच उच्च भइरहेको देखिन्छ

367B408218B985F-icon.png
305views
69D52073E93E717-263A0F732896932-orientalcolonykulehwor-750.jpg

काठमाडौं । फागुन महिनामा घरजग्गा किनबेच बढ्न नसकेपनि बहुतले आवास अपार्टमेन्ट किनबेच भने बढेको छ ।

फागुन महिनामा ५३ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । माघमा स्वात्तै घटेको अपार्टमेन्ट खरिद बिक्री फागुनमा पुनः बढेको हो । माघमा २९ युनिट मात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

कलंकी, कुलेश्वर लगायत क्षेत्रमा अपार्टमेन्ट किनबेच बढेपछि समग्र कारोबार उत्साहप्रद देखिएको हो । फागुनमा कुल ५३ युनिटमध्ये २४ युनिट अपार्टमेन्ट कलंकी मालपोत कार्यालयबाट मात्रै किनबेच भएको विभागले जनाएको छ ।

अशोज महिनायता कलंकीस्थित मालपोतबाट अपार्टमेन्ट किनबेच उच्च भइरहेको देखिन्छ । 

कलंकी क्षेत्रमा सोल्टी सिटी, कुलेश्वर अपार्टमेन्ट, ओरेन्टिय कोलोनी, मेट्रो अपार्टमेन्ट, डाँफे अपार्टमेन्टलगायत रहेका छन् । तुलनात्मक रुपमा अपार्टमेन्ट परियोजना कम भएपनि कलंकी मालपोतले हेर्ने क्षेत्रमा सबैभन्दा धेरै किनबेच भएका छन् ।

ललितपुरमा १३ युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ । सबैभन्दा धेरै अपार्टमेन्ट पनि ललितपुर क्षेत्रमै निर्माण भएका छन् । काठमाडौंको डिल्लीबजार मालपोतबाट ८ युनिट किनबेच हुँदा पोखराबाट चार युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ ।

यस्तै, चावहिल क्षेत्रमा तीन र पर्साको वीरगञ्जमा एउटा अपार्टमेन्ट किनबेच भएको छ ।

नेपालमा काठमाडौं, ललितपुर, पोखरा, रुपन्देही, बीरगञ्ज, झापा, मोरङलगायत क्षेत्रमा अपार्टमेन्ट निर्माण भइरहेका छन् । कारोबारका हिसावले उपत्यकापछि पोखरा र वीरगञ्जमा धेरै अपार्टमेन्ट किनबेच हुने गरेका छन् ।

काठमाडौं र ललितपुरपछि सबैभन्दा धेरै अपार्टमेन्ट पोखरामा निर्माण भइरहेको देखिन्छ । पोखरामा निर्माण सम्पन्न भएका र निर्माणाधिन अपार्टमेन्टको संख्या एक दर्जनभन्दा बढी छ ।

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

औद्योगिक प्रतिष्ठानमा १४ घण्टा लोडसेडिङ भएपछि उद्योगीको आपत्ती

थाहा पाउनुहोस्, सुरक्षित पिलर सिस्टम र असुरक्षित पिलर सिस्टम

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले विद्यूत महशुल बक्यौता

ठेट इटालियन स्वाद पस्कदै होटल मर्क्योर, नयाँ रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सञ्‍चालनमा

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

एएसी ब्रिक्स उद्योग नौ पुगे, पाँच अर्ब लगानी

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

AAF51D32D5D1DC1-0286EEC9E619C75-AAC-Bolck-2222.jpg

एएसी ब्रिक्स उद्योग नौ पुगे, पाँच अर्ब लगानी

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन