अपि पावरले झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाउने

तीन रोपनी क्षेत्रफलमा सवा अर्ब लगानी गरेर निर्माण गरिने अपार्टमेन्टमा ४५ युनिट आवास तयार हुने

367B408218B985F-icon.png
1287views
49564C59C32629B-api infra.jpg

काठमाडौं । जलविद्युत कम्पनीमा लगानी गर्दै आइरहेको अपि पावर कम्पनीले रियल इस्टेट क्षेत्रमा पनि लगानी गर्ने भएको छ । अपिले ललितपुरको प्रिमियम आवासीय क्षेत्र झम्सिखेलमा बहुतले आवास परियोजना अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

अपि पावर ग्रुपले रियल इस्टेटमा लगानी गर्न २१ करोड पुँजीको अपि इन्फ्रा लिमिटेड कम्पनी स्थापना गरेको छ । अपार्टमेन्ट निर्माणका लागि झम्सिखेलमा तीन रोपनी जग्गा समेत खरिद गरिसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले झम्सिखेलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर १० तलाको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । अपार्टमेन्टमा ४५ वटा सुविधा सम्पन्‍न आवास युनिट रहनेछन् । 

अपार्टमेन्ट निर्माणका लागि कम्पनीको ‘रिजर्भ’ले नै पुग्‍ने कम्पनीको भनाई छ । अपार्टमेन्ट निर्माण गर्न थप ऋण वा हकप्रद शेयरको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ । 

अपार्टमेन्ट निर्माण गरेर बिक्री गर्दा कम्पनीलाई २० करोडदेखि ३० करोड रुपैयाँसम्म आम्दानी हुने प्रक्षेपण गरिएको छ । 

स्प्रिङ वाटरमा पनि लगानी

अपि पावरले लगानी विविधीकरण गर्ने क्रममा रियल इस्टेट र उद्योगमा लगानी विस्तार गर्न लागेको हो । कम्पनीले कम्पनीले ‘अपि’ ब्रान्डमा पानी बजारमा ल्याउने तयारी गरेको हो । 

दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष ०८१/८२ देखि उत्पादन गर्ने कम्पनीले लिएको छ । यसका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरिएको छ । मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले दार्चुलाको नौगड गाढ नदीमै ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाबाट व्यावसायिक यात्रा शुरू गरेको थियो । कम्पनीका अनुसार अहिलेसम्म अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न भइसकेका छन् । 

अपि पावरले दार्चुलामै ४० मेगावाटको अपर चमेलिया, तीनवटा सोलार आयोजना निर्माण गरी विद्युत उपत्पादन थालेको छ । नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणका लागि गरेको टेण्डरमा पनि सहभागी भएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी गरेको कम्पनीले जनाएको छ ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै

CAD16C2DC67663C-Apartment news cover image.jpg

भाडामा बस्‍न अपार्टमेन्ट चाहियो ? यहाँ छन् ३५ हजारदेखि दुई लाखसम्म भाडाका अपार्टमेन्ट

DA9B7B15E56D6CC-NRB_20210831161843.jpg

‘मौद्रिक नीतिले रियल इस्टेटलाई सम्बोधन गरेन’