भाडामा बस्‍न अपार्टमेन्ट चाहियो ? यहाँ छन् ३५ हजारदेखि दुई लाखसम्म भाडाका अपार्टमेन्ट

जुनसुकै अपार्टमेन्टमा बसेपनि चौबिसै घण्टा गार्ड, सिसी क्यामेरा, पार्किङ, खानेपानी, ढल निकासलगायत न्यूनतम सुविधाहरु रहेका हुन्छन्

367B408218B985F-icon.png
937views
CAD16C2DC67663C-Apartment news cover image.jpg

काठमाडौं । के तपाईं भाडामा बस्नका लागि हाइराइज अपार्टमेन्टको खोजीमा हुनुहुन्छ ? यदि उपत्यकामा अपार्टमेन्टको खोजिमा हुनुहुन्छ भने हामी तपाइँलाई भाडामा राखिएका केही अपार्टमेन्टका बारेमा जानकारी गराउँदै छौं । 

बहुतले भवनका अपार्टमेन्टमा बस्‍न अलि चर्को भाडा तिर्न सक्नुपर्छ, काठमाडौं र ललितपुरमा सुविधा सम्पन्‍न अपार्टमेन्ट रोजीरोजी भाडामा लिन पाइन्छन् ।

सुविधाका आधारमा अपार्टमेन्टको भाडा तय गरिएको हुन्छ । स्वीमिङ पुल, खुला ठाउँ, क्लव, रेष्टुरेन्ट, ग्रोसरी सप, कम्युनीटि हल लगायत सुविधाहरु भएका अपार्टमेन्टको भाडा पनि महंगो हुन्छ । पार्किङ मात्र रहेका अपार्टमेन्टको भाडा पनि कम नै राखिएको हुन्छ । 

जुनसुकै अपार्टमेन्टमा बसेपनि चौबिसै घण्टा गार्ड, सिसी क्यामेरा, पार्किङ, खानेपानी, ढल निकासलगायत न्यूनतम सुविधाहरु रहेका हुन्छन् । सेवा, सुविधा र सुरक्षा व्यवस्थाका हिसावले पनि अपार्टमेन्टको बसाइ सानदार हुने गर्छ । 

आज तपाइँलाई काठमाडौं र ललिपुरका विभिन्‍न ठाउँमा भाडामा दिन लिस्टिङ गरिएका दुई बेडरुम हलका १० अपार्टमेन्टको बारेमा जानकारी गराउँदै छौं, जुन तपाइँका लागि उपयुक्त विकल्प समेत हुन सक्छ । 
यी हुन् दुई बेडरुमका १० अपार्टमेन्ट

१) महाराजगञ्‍जमा रहेको प्रिमियर अपार्टमेन्टमा एक हजार वर्गफुट क्षेत्रफलको दुई बेडरुम हल (टु बिएचके) अपार्टमेन्ट भाडामा राखिएको छ । बच्चाहरुका लागि खेल्ने ठाउँदेखि स्वीमिङ पुलसम्म यस अपार्टमेन्टमा छ । चौथो तलामा अवस्थित यस फुल फर्निस्ड अपार्टमेन्टको मासिक भाडा १ लाख रुपैयाँ राखिएको छ ।

२) बालकुमारीमा रहेको वेस्टार रेसिडेन्सीमा पश्चिम मोहडा फर्किएको दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा छ । दोस्रो तलामा रहेको सो अपार्टमेन्टको मासिक भाडा ६५ हजार मात्र तोकिएको छ । वेस्टार रेसिडेन्सी आफैमा सुविधा सम्पन्‍न आवास परियोजना हो ।

३) झम्सिखेलको सिटी भ्यू अपार्टमेन्ट्समा ११ सय वर्गफुट क्षेत्रफल भएको दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा उपलब्ध छ । तेस्रो तलामा अवस्थित सो अपार्टमेन्टको मोहोडा उत्तर–पूर्व फर्किएको छ । फुल फर्निस्ड यस अपार्टमेन्टको मासिक भाडा १ लाख तोकिएको छ ।

४) ललितपुरको ज्वागलमा रहेको रियो अपार्टमेन्टमा १२ सय वर्गफुट क्षेत्रफलको दुई बेडरुम हल अपार्टमेन्ट भाडामा लिन सूचीकृत गरिएको छ । उत्तर–पूर्वी मोहडा फर्किएको सो अपार्टमेन्टको मासिक भाडा ६० हजार भनिएको छ ।

५) थापाथलीमा १५ सय वर्गफुट क्षेत्रफलको पुर्णतया फर्निचरले सु–सज्जित दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा लिन सूचीकृत छ । तेस्रो तलामा रहेको पूर्वी मोहडा फर्किएको सो अपार्टमेन्टको मासिक भाडा १ लाख ५० हजार छ ।

६) पेप्सीकोलामा करिब आठ सय वर्गफुट क्षेत्रफलको पुर्णतय सु–सज्जित दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा छ । तेस्रो तलामा रहेको र पूर्वी मोहडा फर्किएको सो अपार्टमेन्टको मासिक भाडा ५० हजार राखिएको छ ।

७) ठमेलमा एक हजार वर्ग फुट क्षेत्रफलको दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा छ, जसको मासिक भाडा ९० हजार राखिएको छ ।

८) महाराजगंजमा एक हजार वर्ग फुट क्षेत्रफलको दुई बेडरुम हलको सुविधा सम्पन्‍न अपार्टमेन्ट भाडामा रहेको छ । तेस्रो तल्लामा रहेको फुल फर्निस्ड सो अपार्टमेन्टको मासिक भाडा १ लाख ८० हजार भनिएको छ ।

९) पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा एक हजार वर्गफुट क्षेत्रफल भएको दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा उपलब्ध छ । नवौं तल्लामा रहेको र उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने सो अपार्टमेन्टको मासिक भाडा ४० हजार रुपैयाँ राखिएको छ । अपार्टमेन्ट दक्षिण मोहडा फर्किएको छ ।

१०) धापाखेलमा रहेको डाउनटाउन अपार्टमेन्ट्समा दुई बेडरुम हलको अपार्टमेन्ट भाडामा राखिएको छ । पाँचौ तलामा अवस्थित सो अपार्टमेन्टको मासिक भाडा ३५ हजार मात्र रहेको छ ।

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव

D320DE208F1331D-69517920_1373867986102917_7204198105871286272_n.jpg

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत