गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

367B408218B985F-icon.png
534views
AE32A2D0743D751-Bhoomi Developers and Pacific Developers.jpg

काठमाडौं । तीन व्यवसायिक घरानाको संयुक्त लगानीमा निर्माण गरिरहेको हाउजिङ परियोजना ‘गोदावरी भिलेज’ मा घर खरिद गर्न ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत ब्याजदरमा सहजै ऋण प्रदान गर्ने भएको छ ।

यस सम्बन्धमा ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्‍न भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्म अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्‍चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध गराउने जनाएको छ ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिनभित्र सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

साथै, ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने परियोजनाको बंैकिङ पार्टनरका रुपमा समेत रहने बताइएको छ ।

इको–फ्रेन्डली घर, भवन र अपार्टमेन्टहरू निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिने छ । साथै, वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्‍नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्‍जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

यस्तै, बैंकले अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

घरधनीको पिरलो- 'भाडामा बस्नेलाई बाँकी भाडा तिर्नु पर्दैन्, कोठा खाली गरिदेउ भन्दा पनि टेर्दैनन्'

गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

F9D26F009EDD1A7-download.jpeg

बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

E78746C05918F37-images.jpeg

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा