बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

सरकारका विभिन्न कार्यालयहरु एउटै छानामुनि राख्ने लक्ष्यसहित बबरमहल प्रशासनिक प्लाजा निर्माणको तयारी थालिएको हो

367B408218B985F-icon.png
4534views
F9D26F009EDD1A7-download.jpeg

काठमाडौं । बबरमहल प्रशासनिक भवन निर्माणका लागि गन्सु एसएस ल्यान्डमार्क इच्छुक देखिएको छ । लगानी बोर्ड अगाडि सारेको प्रशासनिक भवन निर्माणका लागि गन्सु एसएस ल्यान्डमार्कले आशयपत्र पेश गरेको हो ।

यही वैशाखमा आयोजित लगानी सम्मेलनमा सरकारले लगानी जुटाउन बबरमहल प्रशासनिक भवनलाई सोकेश गरेको थियो । तर, सम्मेलनमा कुनै पनि लगानीकर्ताले भवन निर्माणका लागि इच्छा प्रकट गरेनन् । यसैले बोर्डले दुई महिना समय थपेर प्रशासनिक भवनसहित १२ वटा परियोजनामा आशयपत्र मागेको थियो । 

पछिल्लो पटक १२ वटा परियोजनामध्ये बबरमहल प्रशासनिक भवन र जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज निर्माणका लागि एक/एक वटा आवेदन परेको बोर्डले जनाएको छ । जनकपुरमा जानकी हेरिटेज होटेल निर्माणका लागि सोल्टी समूहले आवेदन दिएको हो ।

लगानी बोर्डका अनुसार बबरमहल प्रशासनिक प्लाजा बनाउन १० अर्ब २० करोड र जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज निर्माणका लागि दुई अर्ब ३५ करोड रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान छ ।

सरकारका विभिन्न कार्यालयहरु एउटै छानामुनि राख्‍ने लक्ष्यसहित बबरमहल प्रशासनिक प्लाजा निर्माणको तयारी थालिएको हो । कुल ३० हजार २१ वर्गमिटरमा फैलिने यस एकीकृत प्रशासनिक भवनमा विभिन्न मन्त्रालयका विभाग तथा कार्यालयहरु रहने शहरी विकास मन्त्रालयले जनाएको छ ।

बबरमहलको सरकारी जग्गामा निर्माण हुने प्लजा अन्डरग्राउन्डसहित १८ तालको अत्याधुनिक सुविधा सम्पन्‍न हुने बताएको छ । भवनमा आधुनिक पूर्वाधारसहितका सम्मेलन कक्ष र बैठक कक्षहरु ल्गायत रहनेछन् ।

भवनमा ३० वटा सरकारी विभाग तथा कार्यालय राख्‍ने योजना छ, जहाँबाट दैनिक १० हजार सेवाग्राहीले सेवा लिन सकुन । सरकारले अन्डरग्राउन्डसहित ७ तलासम्म व्यापारीक प्रयोजनमा र त्यसभन्दा माथि सरकारी कार्यालय रहने गरी निर्माण तथा सञ्‍चालनको मोडालिटी तय गरेको छ । ३० वर्षपछि पुरै भवन सकारी हुने मन्त्रालयले जनाएको छ । नेपाली मौलिक शैलीमा निर्माण गरिने प्लाजामा व्यापारिक क्षेत्र, पार्किङ क्षेत्र, सार्वजनिक क्षेत्र, इन्ट्री लबी लगायत हुनेछन् । 

भवनमै खुद्रा पसलसहित रेष्टुरेन्ट पनि सञ्‍चालन हुने छ । सरकारले यस भवनको ०७५ सालमै डीपीआर तयार गरिसकेको छ । तर, लगानीको अभाव देखाउँदै भवन निर्माण प्रकृया अगाडि बढाइएको थिएन ।

सरकारसँग स्रोतको अभाव भएपछि लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्‍ने उद्देश्यसहित प्रोजेक्ट सोकेश गरिएको थियो । भवन निर्माणका लागि स्वदेशी कम्पनीले नै आशयपत्र बुझाएको छ । यस भवनलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्‍चालन गर्ने सरकारको योजना छ ।

घरधनीको पिरलो- 'भाडामा बस्‍न‍ेलाई बाँकी भाडा तिर्नु पर्दैन्, कोठा खाली गरिदेउ भन्दा पनि टेर्दैनन्'

गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

AE32A2D0743D751-Bhoomi Developers and Pacific Developers.jpg

गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?