बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

बैंकहरुबीच सस्तो ब्याजदरको कर्जा स्किम ल्याउन प्रतिस्पर्धा चलिरहेको छ । बैकले ग्राहकहरुलाई बोलाएरै कर्जा लिइदिन आग्रह गर्न थालेका छन् । तैपनि, बैंकहरुले कर्जा बढाउन सकेका छैनन्

367B408218B985F-icon.png
447views
F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । ब्याजदर एकल अंकमा झरेपनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा किन्नेहरु बढेका छैनन् ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा व्यक्तिगत आवासीय घरकर्जा ६ अर्ब ५८ करोड रुपैयाँमात्र थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी, गत आवको सोही अवधिमा घरजग्गा किन्नेहरुले बैंकबाट १७ अर्ब ८ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा लिएका थिए ।

यो वर्ष व्यक्तिगत आवासीय कर्जा १० अर्ब ५० करोड रुपैयाँ कम प्रवाह भएको देखिन्छ । बैंकबाट व्यक्तिगत आवासिय कर्जा अधिकतम दुई करोडसम्म रुपैयाँसम्म लिन पाइन्छ ।

घरजग्गा किन्नेहरुको आत्मविश्वास बढ्न नसकेकै कारण ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीको ठम्याइ छ ।

फालाफाल तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि अहिले बैंकहरुले १० प्रतिशतभन्दा कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउन थालिसकेका छन् । बैंकहरुबीच सस्तो ब्याजदरको कर्जा स्किम ल्याउन प्रतिस्पर्धा चलिरहेको छ । बैकले ग्राहकहरुलाई बोलाएरै कर्जा लिइदिन आग्रह गर्न थालेका छन् । तैपनि, बैंकहरुले कर्जा बढाउन सकेका छैनन् ।

'कर्जाको ब्याजदर घटेपछि बैंकबाट ऋण लिएर घरजग्गा किन्नेहरु बढ्नुपर्ने हो, तर अहिले त्यस्तो देखिएको छैन' लोहनीले भने, ‘राष्ट्र बैंकले अझै घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ, जसकारण कारण कर्जा लिएर घर किन्नेहरु बढ्न सकेको छैन् ।’

चालु आवको मौद्रिक नितिमा अन्य क्षेत्रलाई राहत दिइए पनि घरजग्गा क्षेत्रलाई बेवास्ता गरिएको अध्यक्ष लोहनीको भनाइ छ । यो कुरा स्वयं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि स्विकार गरिसकेका छन् ।

घरकर्जा बढ्नका लागि जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने, लोन टु भ्यालु रेसियो बढाउनुपर्ने, फस्टहोम बायरलाई बैंकले ७० प्रतिशतसम्म लगानी गर्नुपर्ने लगायत सहज व्यवस्था गरिनुपर्ने लोहनीले बताए ।

भदौ मसान्तसम्म कुल व्यक्तिगत आवासीय घरकर्जा तीन खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

रियल इस्टेट कर्जा ऋणात्मक

व्यक्तिगत आवासीय घरकर्जा सामान्य बढेपनि रियल इस्टेट कर्जाको माग ठप्प छ ।

चालू आवको पहिलो दुई महिनामा रियल इस्टेट कर्जा पाँच अर्ब १७ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । गत आवको सोही अविमा पनि रियल इस्टेट शिर्षकको कर्जा प्रवाह आठ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको थियो ।

नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली बढी हुँदा रियल इस्टेट कर्जाको वृद्धि ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंकहरु पुरानो कर्जा असुलीमा कम्मर कसेर लागेका छन् ।

पत्रपत्रिकाका पेजहरु पनि बैंकले प्रकाशित गरेका ऋणिलाइ कर्जा बुझाउन र धितो लिलामका सूचनाहरुले भरिएका हुन्छन् ।

दुई महिनमा रेसिडेन्सियल रियल इस्टेट (दुई करोडसम्मको आवासीय घरकर्जा बाहेक), कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण र आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्स बाहेक अन्य शिर्षकमा प्रवाह हुने रियल इस्टेट कर्जा ऋणात्मक देखिन्छ ।

कमर्सियल प्रयोजनका लागि जग्गा खरिद तथा प्लटिङमा जाने कर्जा तीन अर्ब रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

C7123372B4C68B8-EF399BB436CD18C-nbl-1703250362.jpeg

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

C7AB64F5E4D263A-apartmant2023-08-04-06-34-25.gif

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै