सिमेन्टको व्यापारः आन्तरिक बजारमा खस्किँदै, भारततर्फ निकासी बढ्दै

सिमेन्ट निर्यातमा थपिँदै छ उत्साह, चालू आवको १० महिनामा तीन अर्ब ३३ करोडको निर्यात

367B408218B985F-icon.png
649views
8EB1B60CEEF2DE2-B7EFC0F857185C0-cement-factory-final.jpg

काठमाडौं । सिमेन्ट निर्यातमा बढ्दो उत्साह कायमै रहेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा तीन अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको २५ लाख ६५ हजार टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको हो ।
दश महिनामा एक अर्ब ६७ करोड रुपैयाँको चार लाख ७० हजार टनभन्दा बढी अर्धप्रशोधित सिमेन्ट (क्लिंकर) निर्यात भएको छ । यस्तै, एक अर्ब ६७ करोड रुपैयाँ बराबरकै २० लाख ९४ हजार ५७२ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

पछिल्लो समय नेपालबाट सबैभन्दा धेरै निर्यात हुने प्रमुख १० वस्तुभित्र सिमेन्ट पनि पर्न थालेको छ । ०७९ असारदेखि नेपाली सिमेन्ट भारतीय बजारमा निर्यात थालनी सुरु भएको थियो । पहिलो वर्ष ०७९/८० मा करिव ७८ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा दोस्रो वर्षमै ०८०/८१ मा निर्यात चार करोड पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।

नेपालबाट पाल्पा सिमेन्टले पहिलो पटक सिमेन्ट निर्यात गरेको थियो । पाल्पा सिमेन्ट उद्योगले तानसेन ब्रान्डको सिमेन्ट निर्यात सुरु गर्दा यति छिटै निर्यातको ग्राफ बढ्ला भन्‍ने अनुमान कमैले गरेका थिए । पाल्पा सिमेन्टपछि अर्घाखाँची, बालाजी, सिजी पाल्पा, सर्वोत्तम, सौर्य लगायत उद्योगले सिमेन्ट तथा क्लिंकर निर्यात गरिरहेका छन् । कुनै उद्योगहरुले क्लिंकर मात्रै निर्यात गरेको पनि भन्सारको तथ्यांकले देखाउँछ ।

सिमावर्ती भारतीय सहरमा नेपाली सिमेन्टका माग बढ्दै गइरहेको छ । व्यवसायी पनि सिमेन्ट निर्यातमा उत्साहित देखिएका छन् । सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने र विद्यूत महशुलमा पनि छुट दिने घोषणा गरेपछि उद्योगीहरुले भारतमा सिमेन्टको बजार खोज्‍न थालेका हुन् ।

आर्थिक शिथिलताका कारण आन्तरिक बजारमा सिमेन्ट, डन्डी, पाइप एन्ड फिटिङ लगायत निर्माण सामाग्रीको माग घटेको छ । अहिले नेपालको निर्माण उद्योग पुरै मन्दीमा फसेको देखिन्छ । निजी निर्माणदेखि सरकारी निर्माणसम्म सुस्त छ । तर, यही समयमा भारतमा भने ठूला शहर, भवन, हाइवे, आकाशे पुल, फ्लाइ ओभर, रेलका लिक लगायत निर्माण भइरहेका छन् । भारतमा विकास निर्माणले रफ्तार समातिरहेकै कारण पनि नेपाली सिमेन्ट उद्योगलाई बजार पाउन समस्या नहुने उद्योगी बताउँछन् । तर, सिमेन्ट निर्यातका लागि अनेकौं झन्झट भने अहिले पनि कायमै रहेको उनीहरुको गुनासो छ । सरकार आफैले घोषणा गरेको निर्यात अनुदान रकम उपलब्ध गराउन सकेको छैन ।

स्वदेशी कच्चा पदार्थमा आधारित हुनाले सिमेन्ट निर्यातबाट नेपाललाई तुलनात्मक लाभ बढी हुने गर्छ । सिमेन्ट उत्पादनमा ८५ प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने गरेको छ । सिमेन्टको प्रमुख कच्चा पदार्थ भनेकै चुनढुंगा हो, जुन नेपालका पहाडभरी रहेको छ ।

 

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

713F89D860BCE2C-Nepali-cement-quality_20200119110243.jpg

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

6B73843233DD875-chart.jpg

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

3D4716DFAF72B5A-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै