गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा घरकर्जा दिने, अवधि कति ?

अहिले बैंकले देशभर १२१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

367B408218B985F-icon.png
5333views
76F469007407E7D-636337547539215557.jpg

काठमाडौं । बैंकमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । यसै क्रममा गरिमा विकास बैंकले निश्‍चित (फिक्स) ब्याजदरमा नयाँ घरकर्जा योजना ल्याएको छ ।

गरिमाले ११.९९ प्रतिशतको फिक्स ब्याजदरमा गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो ।

बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित नयाँ कर्जा योजना ल्याएको बताएको छ । गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म परिवर्तन हुने छैन । 

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्‍चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ । 

अहिले बैंकले देशभर १२१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

घरजग्गा कर्जा ५५ प्रतिशतले वृद्धि

A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

भदौमा १२ बैंकले निक्षेपको ब्याजदर घटाए, दुईले बढाए, कसको कति ?

ADECD89D6BB09E0-8842EA8BE73DBCB-B65382D0B0729E2-NMB-final.jpg

एनएमबि बैंकमा ८.९२ प्रतिशत ब्याजदरमै घरकर्जा सुविधा