एनएमबि बैंकमा ८.९२ प्रतिशत ब्याजदरमै घरकर्जा सुविधा

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता पर्याप्तता बढ्दै गएपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको छ

367B408218B985F-icon.png
923views
ADECD89D6BB09E0-8842EA8BE73DBCB-B65382D0B0729E2-NMB-final.jpg

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई सस्तो ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले ल्याएको नयाँ घरकर्जा स्किम एनएमबि होमलोन ८.९२ प्रतिशत फ्लोटिङ ब्याजदरबाट सुरु हुने बताइएको छ । 

बैंकले भनेको छ, ‘एनएमबी होमलोनको साथमा ग्राहकहरूले फ्लोटिङ ब्याजदरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्नेछन् ।’

घर किन्‍नु वा निर्माण गर्नु आममान्छेका लागि अत्यन्तै महत्वपूर्ण कोसेढुंगा रहेको औंल्याउँदै बंकले भनेको छ, ‘यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्तता बढ्दै गएपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको छ । अहिले धेरै बैंकले सिंगल डिजिट ब्याजदरमा कर्जा उपलब्ध गराउन सुरु गरिसकेका छन् ।

एनएमबि बैंकले हाल देशभर रहेका २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

5090E65F3898D1A-NPA.png

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

8B1AF5B687C5257-1.jpeg

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?