नेपालगञ्‍जका दुई वडामा १५ लाखसम्मको आवास जोखिम बीमा लागू

उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागु गर्न लागिएको हो।

367B408218B985F-icon.png
356views
4120001E41F399F-Nepalgunj-final.jpg

बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागु गर्ने भएको छ। उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागु गर्न लागिएको हो।

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुवाती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए। उनले भने, 'नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुवाती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले १५ लाख रूपैयाँसम्मको रकम उपलब्ध गराउनेछ।'

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए।

'अहिले अनुमानित रुपमा आठ सय घर मात्र लिएका छौँ। यो संख्या बढ्न पनि सक्छ', उनले भने, 'घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौँ।'

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागिएको हो। रासस

कजरियाले सुरू गर्‍यो प्रिमियम सिरेमिक टाइल उत्पादन, २५% प्रतिशत सस्तो

लिजेन्ड प्रोपर्टीका घरघडेरी खरिदमा लुम्बिनी विकास बैंकबाट सस्तोमा कर्जा पाइने

कोशी प्रदेश बन्यो रियल इस्टेटको हटस्पट, सवा अर्बमा एउटै प्लट बिक्री

बाजुरा भूकम्पले २० घर पूर्ण रुपमा भत्किए, डेढ सय घरमा आंशिक

मध्यम वर्गलाई लक्षित गरी ‘लो कष्ट’ आवास परियोजना निर्माण गर्न सरकारलाई सुझाव

अपार्टमेन्ट किनबेच पनि बढ्यो, मंसिरमा ६३ युनिट बिक्री

मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

9167BB216E26813-The Plaza.jpeg

एउटै ब्यांक्वेटमा डेढ अर्ब लगानी ! पुल्चोकमा खुल्यो आलिशान मल्टिभेन्यु ‘द प्लाजा’

DB6D31E93C46517-house in Imadol.jpg

यी हुन् इमाडोलमा बिक्रीमा राखिएका दुई करोडदेखिका घरहरु

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?