अबदेखि बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

अब तपाईंले व्यक्तिगत प्रयोजनका लागि घर तथा गाडी किन्न बैंकबाट लिएको कर्जाको ब्याजदर कहिल्यै परिवर्तन हुने छैन् । अब तपाईंले कर्जाको अवधिभर एउटै ब्याजदरमा निश्चित किस्ता तिर्न पाउनु हुनेछ ।

367B408218B985F-icon.png
331views
77FA1CC859490DE-6DA3A2E19C00F10-6D70F0C70642A54-998C1ACA901D6C9-Bitmap.jpg

के तपाईंले बैंकबाट ऋण लिएर घर तथा गाडी किन्ने योजना बनाउनु भएको छ ? यदि छ भने तपाईंका लागि खुशीको खबर छ । 

अब तपाईंले व्यक्तिगत प्रयोजनका लागि घर तथा गाडी किन्न बैंकबाट लिएको कर्जाको ब्याजदर कहिल्यै परिवर्तन हुने छैन् । अब तपाईंले कर्जाको अवधिभर एउटै ब्याजदरमा निश्चित किस्ता तिर्न पाउनु हुनेछ ।

बैंकले बेला बेलामा कर्जाको ब्याजदर बढाउँदा निश्चित आम्दानी हुने सर्वसाधारण निकै मारमा परिरहेका थिए । अब तपाईंले बैंकबाट घर तथा गाडी कर्जा लिँदा जती ब्याजदर तोकिएको हुन्छ, कर्जाको अन्तिम किस्ता बुझाउँदा पनि सोही ब्याजदर कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै गाडी तथा घर खरिदका लागि लिएको कर्जाको ब्याजदर कर्जा अवधिभर एउटै कायम गर्न निर्देशन दिएको छ । 

बैंकहरुले बेसरेट (आधारदर) परिवर्तन भएसँगै ब्याजदर थपघट गरिरहँदा सर्वसाधारण निश्चित आम्दानी हुने ऋणी हैरान भइरहेका थिए । बैंकले बेसरेटमा रिस्क प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आइरहेका छन् । 

अब एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन हुने छैन । राष्ट्र बैंकको निर्देशिका अनुसार कुनै ग्राहकले मलाई तरलता अनुसार थपघट हुने ब्याज चाहिन्छ भन्यो भने उसलाई त्यो बिकल्प पनि दिनुपर्ने छ । 

पहिल्यै प्रवाह भएको ऋणहरुमा ग्राहकले स्थिर ब्याजदर चाहिन्छ भनेमा बौंकले ब्याज स्थिर गरिदिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यो स्थिर ब्याजदरको सुविधा गाडी र घर खरिद गर्न ऋण लिने नयाँ तथा पुराना सबै ग्राहकले पाउने छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले स्थिर कर्जाको ब्याजदर ६/६ महिनामा प्रकाशित गर्नुपर्ने हुन्छ ।

मनपरी ब्याजदर बढाउने प्रवित्तिको अन्त्य 

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकको आफुखुशी मनमरी ढंगले ब्याज बढाउने प्रवित्तिको अन्त्य भएको छ ।

नेपालमा अहिलेसम्म कर्जामा फिक्स्ड ब्याजदर प्राक्टिसमा आइसकेको थिएन । हालैमात्र नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले गाडी तथा घरको कर्जामा फिक्स्ड ब्याजदर प्रणाली लागू गरेका हुन् ।

नेपालमा फिक्स्ड ब्याजदर लागू नभएको भएपनि छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकमा व्यापक प्रयोगमा आइसकेको थियो । 

स्थिर ब्याजदरका फाइदा र घाटा 

स्थिर ब्याजदरले तपाइँलाई फाइदा र बेफाइदा दुबै हुन सक्छ । भोलीका दिनमा ब्याजदर धेरै नै बढ्ने अवस्था आयो भने पक्कै फाइदा हुन्छ । किनभने, तपाइँले स्थिर ब्याजदरमा कर्जा लिएको हुँदा ब्याजदर बढ्दैन । 

यदि ब्याजदर घट्ने अवस्था आएमा तपाइँ बेफाइदा पनि हुन सक्छ । किनभने, तपाईंले जतिसुकै ब्याजदर घटेपनि पहिलेकै सहमतिको ब्याज तिनुपर्ने हुन्छ, तपाईंको ब्याजदर घट्दैन ।

मानौं, तपाईंले पाँच वर्षका लागि बेसरेट (आधारदर) ९ प्रतिशत भएको बैंकसँग ३ प्रतिशत प्रिमियम जोडेर १२ प्रतिशत ब्याजदरमा फिक्स्ड लोन (स्थिर ऋण) लिनुभयो भने बैंकले पाँच वर्षसम्म ब्याजदर १२ प्रतिशतबाट तलमाथि गर्न पाउँदैन ।

यदि तपाईंले स्थिर ब्याजदरको ऋण लिएपछि आधारदर घटेर ८ वा बढेर १० प्रतिशत पुगे पनि बैंकले एउटै ब्याजदरमा ईएमआई असुल्छ । स्थिर ऋण लिएपछि ब्याजदर घटे पनि १२ प्रतिशत नै ब्याजदर तिर्नुपर्छ, बढे पनि तपाईंको ब्याजदर १२ प्रतिशतभन्दा बढाउन मिल्दैन ।

ऋणको अवधिभर एउटै ब्याजदर कायम हुने भएकोले निश्चित आम्दानी हुनेहरुलाई सहज हुन्छ । र, बैंकलाई तिर्ने किस्ताको आकार पहिल्यै थाहा हुन्छ । ब्याजदर थपघट हुँदा ईएमआईको आकार पनि फेरवदल भइरहन्छ । 
 

गगनचुम्बी भवनलाई अद्भुत वास्तुकला र इन्जिनियरिङको चमत्कार कसरी बनाइन्छ ?

पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो

4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकमा थुप्रियो साढे ३८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

7C2B0B771EE7A8E-249A7077D859949-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो