बैंकमा थुप्रियो साढे ३८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ‘एनबीए’ ग्लोबल आइएमई बैंकमा, स्टान्डर्ड चार्टर्ड बैंकको शून्य, ६ महिनामा तीन अर्बको गैरबैंकिङ सम्पत्ति थपियो

367B408218B985F-icon.png
255views
4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । खराब कर्जा बढ्दै गएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति (एनबीए) बढ्दै गइरहेको छ । ०८१ पुससम्म बैंकहरुमा३८ अर्ब ५९ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कर्जा असुल नभएका ऋणीहरुको धितो लिलाम बिक्री गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति डरलाग्दो गरी बढ्दै गइरहेको हो । 

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा घरजग्गा र सुन धितोमा राख्ने गर्छन् । घरजग्गा धितो राखेर कर्जा दिएका बैंकहरुका लागि त्यहि सम्पत्ति बोझ बन्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ०८० असारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १८ अर्ब ६९ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । त्यो सम्पत्ति ०८१ साउनसम्म आइपुग्दा झन्डै दोब्बरले बढेर ३५ अर्ब ५१ करोडको पुगेको थियो । 

०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढेर कुल ३८ अर्ब ५९ करोड रुपैयाँ बराबरको थुप्रिन पुगेको छ । तथ्यांकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिव तीन अर्ब रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति बढेको देखिन्छ ।

बैंकहरुमा थुप्रिएको गैरबैंकिङ सम्पत्तिमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकसँग रहेको देखिन्छ । कुल ३८ अर्ब ५९ करोडको गैरबैंकिङ सम्पत्तिमध्ये ३२ अर्ब ६६ करोडको वाणिज्य बैंकमा, तीन अर्ब ६६ करोडको विकास बैंकमा र दुई अर्ब २७ करोडको फाइनान्स कम्पनीसँग रहेको राष्ट्र बैंकले जनाएको छ ।

धेरै गैरबैंकिङ सम्पत्ति हुनेमा ग्लोबल पहिलो

सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा थुप्रिएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ०८१ पुससम्म ग्लोबल आइएमई बैंकमा पाँच अर्ब १३ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

चार अर्ब १४ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएर एनआइसी एशिया बैंक दोस्रो नम्बरमा छ । यसअघि सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हुनेमा एनआइसी एशिया पहिलो नम्बरमा रहने गर्थ्यो ।

हिमालय बैंकमा तीन अर्ब ९१ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएकोमा स्टान्डर्ड चार्टर्ड बैंकमा गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ । नेपाल बैंकसँग २० करोड, राष्ट्रिय वाणिज्य बैंकमा ३० करोड, एभरेष्ट बैंकसँग ५२ करोड, सनराइज बैंकमा ७० करोड, सिटिजन्स बैंकमा ८१ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको देखिन्छ ।

अर्ब रुपैयाँभन्दा माथि गैरबैंकिङ सम्पत्ति थुप्रिने बैंकहरु १२ रहेका छन् । हिमालयन बैंकमा तीन अर्ब ९१ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा तीन अर्ब चार करोड, नबिलमा दुई अर्ब ७० करोड, कुमारीमा दुई अर्ब ६७ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

यस्तै, प्राइम बैंकमा एक अर्ब ७० करोड, लक्ष्मी बैंमा एक अर्ब ६० करोड, माछापुच्छ्रे बैंकमा एक अर्ब ६ करोड, प्रभु बैंकमा एक अर्ब ६ करोड, एनमबि बैंकमा एक अर्ब तीन करोड र कृषि विकास बैंकमा एक अर्बको गैरबैंकिङ थुप्रिएको छ ।

 

बैंकमा थुप्रियो साढे ३८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

घरमा अँध्यारा कोठाहरूका लागि सही रंग कसरी छनोट गर्ने ?

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

यस्तो बन्दैछ वीरगञ्जमा लक्जरी कोलोनी ‘सुख भिल्लाज’, मूल्य पौने २ करोडबाट सुरु

घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

आइएमई ग्रुपले बागलुङमा खोल्यो ३० करोडमा ‘इला कम्फोर्ट’ होटल

नेपालमा सुपरमार्केट कल्चर : न्यूरोडको बिशाल बजार हुँदै मोफसलसम्मको यात्रा

7C2B0B771EE7A8E-249A7077D859949-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो

2EF164979AF695C-NLHDD.jpg

घरजग्गा व्यवसायी महासंघले भन्यो– रियल इस्टेटमा एफडिआई भित्र्याउने र विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने कानुनी व्यवस्था गरौं

72ABF49D5AE9D25-apartment1614176585.jpg

पुसमा यस आर्थिक वर्षकै धेरै अपार्टमेन्ट किनबेच