पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

आवश्यकतानुसार समय-समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने भएको छ

367B408218B985F-icon.png
92views
EEF0496D83E071E-KN_Damauli-Muglinpokhararoadphoto4-copy-1737551490.jpg

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ।

बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो 

उक्त खण्ड आवश्यकतानुसार समय-समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। 

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गरे।

गगनचुम्बी भवनलाई अद्भुत वास्तुकला र इन्जिनियरिङको चमत्कार कसरी बनाइन्छ ?

पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

B60A990B35DDD55-1440x625-17.jpg

गगनचुम्बी भवनलाई अद्भुत वास्तुकला र इन्जिनियरिङको चमत्कार कसरी बनाइन्छ ?

A5EB41EEB6CBE9E-pokhara-1737719404.jpg

पर्यटकीय राजधानी पोखरामा भ्रमण वर्ष मनाइँदै

AC0280EE868ADC5-1.jpg

एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)