वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

हामीले वसन्त ऋतुका लागि घर तयार गर्न मद्दत पुगोस भनेर यो घर सजावट गाइड तयार गरेका छौं , जसमा वसन्तको लागि घर तयार गर्न केही रचनात्मक तर अत्यन्त सरल तरिकाहरू छन्

367B408218B985F-icon.png
101views
38F1B7DF77C2103-Ways-to-Prepare-Your-Home-for-Spring-Cover-26-02.jpg

काठमाडौं । वसन्त ऋतु भनेको न्यानो मौसमको समय हो । घर बाहिर सबै चीजहरू ताजा र हरियाली देखिन्छन् । तपाईंले जमीनमा वा रुखमा कलिला मुनाहरु पलाएको देख्‍न सक्नुहुन्छ ।

यस्तो लाग्छ, यो प्रकृति लामो निद्राबाट जागेको छ । यस्तो रमाइलो मौसमी परिवर्तनलाई स्वागत गर्न घरलाई ताजा बनाउनु राम्रो आइडिया हुनेछ । 

हामीले वसन्त ऋतुका लागि घर तयार गर्न मद्दत पुगोस भनेर यो घर सजावट गाइड तयार गरेका छौं । यहाँ वसन्तको लागि घर तयार गर्न केही रचनात्मक तर अत्यन्त सरल तरिकाहरू जानकारी गराउँछौं ।

घरलाई वसन्तको लागि कसरी तयार गर्ने ? 

यहाँ तपाईंको घरलाई वसन्त सिजनको लागि तयार गर्न केही सजिला सुझावहरू छन् ।

१. घरबाट अनावश्यक चीजहरू हटाउनुहोस्


सबैभन्दा पहिला तपाइँले गर्नुपर्ने पहिलो महत्वपूर्ण काम भनेको घरबाट अनावश्यक वस्तुहरु हटाउनु हो । पूरै घरलाई एकै दिनमा व्यवस्थित गर्नुपर्छ भन्ने होइन । आफ्नो सुविधाअनुसार समय लिनुहोस् र कोठा–कोठा व्यवस्थापन गर्नुहोस् ।
हामीले घरको सानो क्षेत्रहरू अलमारी, भान्सा क्याबिनेट र बाथरूमबाट सबै जाडोको सामान हटाएर वसन्त सजावटको सुरुवात गर्न सकिन्छ । पछि, बस्‍ने कोठा, खाना कोठा र सुत्‍ने कोठाहरुबाट पनि अनावश्यक चीजहरू हटाउनुहोस्।

२. बँगैचा/फुलवारी सम्भार गर्नुहोस्


तपाईंको बँगैचा वा फुलवारी (हरियो घाँस, फुलविरुवा भएको खुला ठाउँ) लाई जाडोको लामो समयपछि उचित सम्भारको आवश्यकता पर्न सक्छ । सुख्खा र हिउँदको मौसमले तपाईंको बँगैचा/फुलवारीलाई खराब अवस्थामा पुर्याएको हुन सक्छ, तर वसन्तमा व्यापक सम्भारको काम गरेर तपाईंले यसलाई फेरि आकर्षक बनाउन सक्नुहुन्छ।

यदि कुनै हिउँमा ढिस्को छ भने फ्यान रेक प्रयोग गरेर हटाउनुहोस् । घाँस काट्ने मेसिन प्रयोग गरेर बढेको घाँसलाई एकनासले काट्न सकिन्छ । साथै, विभिन्‍न प्रकारका जैविक मल प्रयोग गरेर आफ्नो बँगैचा फुलवारीलाई फेरि हरियो बनाउन सकिन्छ । नियमित रूपमा आफ्नो बगैंचा फुलवारी क्षेत्रमा पानी हाल्न नबिर्सनुहोस् ।

३. रंगीन टेक्सटाइल र सजावट


वसन्त ऋतुको रंगहरूको आनन्द लिने सबैभन्दा उत्तम उपाय वसन्त रंगहरुलाई घरभित्रै ल्याउनु हो । तपाइँले पास्टल रंगहरू र फूलदार एक्सेन्टको ताजा डिजाइनहरूले आफ्नो सजावटलाई भर्नुहोस् । रंगिबिरंगी कुशनहरूले आफ्नो सोफा सेटलाई सजाउन सकिन्छ ।

आफ्नो बस्‍ने कोठालाई चम्किलो र उज्यालो बनाउन लाउन्ज क्षेत्रमा रंगीन टेबल पोस छनौट गर्नुहोस् । पर्दा, ड्रेप, र ब्लाइन्डजस्ता रंगीन टेक्सटाइलहरू प्रयोग गरेर घरभरि आकर्षक रंग समावेश गर्न सक्नुहुन्छ ।

४. घरको अफिसलाई ताजा बनाउनुहोस्


पछिल्लो समय घरबाटै काम गर्ने हाइब्रिड कार्यको अभ्यास बढ्दै गएको छ । अझ आइटी क्षेत्रमा प्रायः घरबाटै काम गर्नेहरु धेरै हुन्छ । यो वसन्त ऋतुका लागि आफ्नो व्यक्तिगत कार्यक्षेत्रलाई पनि ताजा बनाउन उत्तम समय हो ।
नयाँ डेस्क वा कुर्सीले आफ्नो क्षेत्रलाई उन्‍नत बनाउनुहोस् । र, आफ्नो कार्यक्षेत्र आरामदायक, मनोरञ्‍जक र कार्यात्मक बनाउन प्रयास गर्नुहोस् । 

५. सजावटमा ताजा बोटबिरुवा समावेश गर्नुहोस्


वसन्त ऋतु भनेको विभिन्‍न प्रकारका फूलहरू फुल्ने समय हो, त्यसैले तपाईंले आफ्नो आन्तरिक र बाह्य सजावटमा ताजा बोटबिरुवा प्रयोग गर्न सक्नुहुन्छ । आन्तरिक भाग, भान्सा काउन्टरटप, झ्यालको सिल र करिडोरको बाटोमा फूलदार बोटबिरुवा राख्‍न सक्नुहुन्छ ।

बाह्य भागलाई बोटबिरुवाले सजाउन सकिन्छ । तपाईंले तिनीहरूलाई बाल्कनीमा निश्‍चित ढाँचामा राख्‍न सक्नुहुन्छ वा टेरेस वा सिलिङ क्षेत्रमा झुण्डिएको भाँडामा राख्‍न सक्नुहुन्छ, जसले तपाईंको सम्पत्तिको आकर्षण बढाउँछ । 

६. वसन्त सफाइ गर्नुहोस् 


वसन्त सफाइले तपाईंले दैनिक सफाइ दिनचर्यामा ध्यान नदिने क्षेत्रहरू सरसफाइ गर्ने मूल्यवान अवसर प्रदान गर्नेछ । धूलो र कुनाहरुमा माकुराको जालो हटाएर, ब्लाइन्डहरू सफा गरेर, फुछपाछ गरेर, कुनाकाप्चासम्म सरसफाइ गरेर तपाईंले वसन्त ऋतु सुरु गर्न सक्नुहुन्छ ।

जाडो महिनाहरूमा चिसो मौसमका कारण झ्यालहरूमा कन्डेन्सेशन बन्‍न सक्छ, त्यसैले तिनीहरूलाई सफा गर्न नबिर्सनुहोस् । तिनीहरूलाई सफा गर्न एक ओसिलो माइक्रोफाइबर कपडा प्रयोग गर्न सकिन्छ । त्यसपछि सफा कपडाले पुनः पुछपाछ गर्नुहोस् ।

७. झ्याल र ढोकाहरू मर्मत गर्नुहोस्


जाडोको मौसमको आँधीबेहरी र हिउँदको मौसमले तपाईंको घरको झ्याल ढोकामा असर गर्छ । विशेष गरी झ्याल र ढोकाहरूको फ्रेम र ताल्चाहरूमा । सामान्यतया, वसन्त र यसपछिका न्यानो मौसमहरूमा झ्याल र ढोकाहरूको प्रयोग बढ्छ, किनभने तिनीहरूलाई प्रायः वायुसंचारको लागि खोलिन्छ र बन्द गरिन्छ ।

यसैले झ्याल, ढोकाहरुलाई उत्तम अवस्थामा ल्याउनु वसन्तको लागि घर तयार गर्ने सबैभन्दा महत्त्वपूर्ण कदमहरूमध्ये एक हो ।

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

निरन्तर बढिरहेको घरजग्गा कारोबारमा लाग्यो ‘ब्रेक’, माघमा किनबेच घट्दा राजश्व उठ्ती यथावत

भद्रपुर मालपोतबाट सात महिनामा साढे ४४ करोड राजस्व संकलन

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

E05F84D1D2945C8-356869771_169896859413597_4860478870328989929_n.jpg

घरजग्गा कारोबार चलायमान बनाउन व्यवसायीले अगाडि सारे ६ मागहरु

AC0280EE868ADC5-1.jpg

एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)