घरमा मनीप्लान्ट लगाउनुका ६ फाइदाहरु

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति–जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ ।

367B408218B985F-icon.png
1522views
61BCA03C4D428A7-Money-Plant.jpg

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति–जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ ।

इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको शोभा दिने नै भयो । घरको साजसज्जाका लागि मनीप्लान्ट लगाउन सकिन्छ । त्यसबाहेक पनि यसका केही फाइदा छन् ।

कतिपय यस्ता वनस्पति हुन्छन्, जो मानव एवं प्राणी जगतका लागि अति फाइदाजनक मानिन्छ । तुलसी, घिउकुमारी, चमेली, पिपलजस्ता वनस्पति निकै गुणकारी हुन्छन् । के मनिप्लान्ट पनि यस्तै वनस्पति हो ? के मनीप्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ ?

यस्तो छ वास्तविकता

घरभित्र लगाइने हरियो बोटबिरुवाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ । मुख्यतया हरेक घरभित्र मनी प्लान्टको बोट लगाउने गरिन्छ । यसले घरको स्वरुपमा पनि केही परिवर्तन ल्याउँछ ।

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ । पुरानो मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ । भनिन्छ मनी प्लान्टले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । वास्तु शास्त्र अनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ ।

वास्तुशास्त्र  अनुसार मनीप्लान्ट लगाउनुको फाइदा

१. दाम्पत्य जीवनमा सुख
नव विवाहित जोडीका लागि घर भित्र मनी प्लान्ट लगाउनाले पति पत्नी बीचको सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता रहिआएको छ । यदि कुनै कारणवश मनमुटाव भएको खण्डमा पनि त्यो लामो समयसम्म रहँदैन । तर विवाहित जोडीले यो कुरामा ध्यान राख्नु पर्छ कि मनी प्लान्ट कहिले पनि पूर्व–पश्चिम दिशामा लगाउनु हुँदैन ।

२. धन सम्पतीको बढोतरी हुन्छ
भनिन्छ मनी प्लान्ट जति हरियो र अधिक पातहरु हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ । आर्थिक स्थिति बलियो बनाउनको लागि पनि अधिकांश मानिसको घर भित्र मनी प्लान्ट लगाइएको हुन्छ । एउटा लोकप्रिय धारणा अनुसार मनी प्लान्टको सरसफाइ वा पहेँला पातहरु फाल्ने काम घरबाहिरको मान्छेले गरेमा त्यस घरमा पैसा अधिक मात्रामा आउने गर्दछ ।

३. सकारात्मक उर्जाको लागि
घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ र घरको सबै सदस्य स्वस्थ रहन्छन् । यसको साथै मनी प्लान्ट लगाउनाले घर भित्र हरियाली हुन्छ र यो प्लान्ट लगाउँदा रोगबाट पनि मुक्त भइन्छ । घर भित्र मनी प्लान्ट लगाउँदा मस्तिष्क शान्त बनाउँछ र नकारात्मक विचारबाट मुक्ति मिल्दछ ।

४. राम्रो भाग्यको लागि
मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ । यदि कुनै व्यक्तिको विवाह भइरहेको छैन वा विवाहमा ढिलो भइरहेको छ भने मनी प्लान्ट उसको लागि निकै लाभदायी हुन सक्छ । विवाहमा ढिलो भइरहेको छ भने घरको दक्षिण पूर्व दिशामा मनी प्लान्ट लगाउनाले विवाह चाँडै हुने विश्वास गरिन्छ ।

५. घर भित्रको हावा शुद्ध बनाउनको लागि
वैज्ञानिक परीक्षण गर्दा के पत्ता लाग्यो भने घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ । मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गे्निक कम्पाउण्डलाई हावासँग फिल्टर गर्न मद्दत गर्दछ । यदि कुनै व्यक्तिलाई निन्द्राको समस्या छ भने मनी प्लान्ट लगाउनाले यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

६. तनावबाट मुक्त हुनको लागि
बैज्ञानिक मान्यता अनुसार मनी प्लान्ट घरभित्र कम्प्युटर टेबुल, टेलिभिजनसँगै वा भान्छा कोठामा लगाउनाले मानसिक समस्याबाट मुक्ति मिल्दछ । मनी प्लान्टले डिप्रेशन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ । यदि तपाईं मानसिक सुख शान्ति चाहनु हुन्छ वा तनावमुक्त हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो घर भित्र मनी प्लान्ट लगाउनु पर्छ ।

मनी प्लान्ट लगाउने सहि तरिका

१. मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ । कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन ।

२. दक्षिण पूर्व दिशामा भगवान गणेशको बास हुन्छ । त्यसैले यो ठाउँमा मनी प्लान्ट लगाउनाले घरमा सुख समृद्धिमा बढोत्तरी हुन्छ ।

३. उत्तर पूर्व सबैभन्दा नकारात्मक ठाउँ मानिन्छ । त्यसैले यो दिशामा मन्दिर वा तुलसीको विरुवा मात्र लगाउनु पर्छ ।

४. मनी प्लान्टलाई कहिले पनि घर बाहिर लगाउनु हुँदैन । यो घर भित्र लगाउँदा मात्र लाभ मिल्दछ ।

५. मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन । पानीको कमीले पातहरु पहेँलो हुने वित्तिकै निकालेर फाल्नु पर्छ ।

६. मान्यता अनुसार मनी प्लान्टको पात माथितिर बढ्दछ । त्यसैले यसको पातले कहिले पनि जमीन छुनु हुँदैन ।

 

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

0886034751A7616-085EC2A2DA9E4F0-daln 1.jpg

घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्

F61154DF76B3962-20240929084757.png

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

6347232AF06241E-F6448A4E94A0E11-_M1A1142.jpeg

निर्माण सामग्री र सुविधाहरुका आधारमा यस्तो हुन्छ घरको वर्गिकरण