नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर नदी तथा खोला किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो

367B408218B985F-icon.png
282views
F61154DF76B3962-20240929084757.png

काठमाडौं । सरकारले नदी तथा खोला किनारमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा बासोबासको व्यवस्था मिलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोबाट नदी तथा खोला किनारमा बसोबास गरिरहेकाहरू बढी प्रभावित भएको ठहर गर्दै उनीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् वैठकले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर नदी तथा खोला किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो । वर्षात्को समयमा आइरहने बाढीपहिरोबाट सबैभन्दा धेरै खोला किनारमा बस्ने प्रभावित हुँदै आइरहेको देखिएको छ ।

सरकारले बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ । बाढीपहिरोबाट देशमा ठूलो धनजनको क्षति भएको छ ।

सरकारले एक साताभित्र लाभग्राही पहिचान गरेर अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?

बाढी प्रभावितलाई एनआरएनको एक करोड सहयोग

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्‍जिनियरको महत्व

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

9019A7574F7E066-khurkot-bajar-in.jpg

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा