निर्माण सामग्री र सुविधाहरुका आधारमा यस्तो हुन्छ घरको वर्गिकरण

घर बनाउन कस्तो निर्माण सामग्रीको प्रयोग कसरी गर्नुभएको छ भन्‍ने कुराले निर्माण गरेको घर कुन स्तरको हो भनेर निर्धारण गर्दछ।

367B408218B985F-icon.png
772views
6347232AF06241E-F6448A4E94A0E11-_M1A1142.jpeg

घर बनाउन कस्तो निर्माण सामग्रीको प्रयोग कसरी गर्नुभएको छ भन्‍ने कुराले निर्माण गरेको घर कुन स्तरको हो भनेर निर्धारण गर्दछ। नेपाल सरकार, सहरी विकास मन्त्रालय,  सहरी विकास विभाग तथा भवन निर्माण विभागले जारी गरेको भवनको लागत मूल्याङ्कन कार्यविधि, २०७० ले विभिन्‍न आधारमा भवनको वर्गीकरण गरेको छ।  आज भने हामी निर्माण सामग्री र सुविधाका आधारमा तपाईंको घर कुन स्तरको हो भनेर पत्ता लगाउने केही महत्वपूर्ण टिप्सका बारेमा चर्चा गर्दैछौँ।

निर्माण सामग्री तथा सुविधाका आधारमा सबै प्रकारका भवनहरुलाई मूल्याङ्कन गर्न सजिलो होस् भनी  गुणस्तरको आधारमा भवनहरुलाई मुख्यतः पाँच प्रकारमा वर्गीकरण गरिएको छ । यी पाँच प्रकारका वर्गिकरणमा पनि हरेक प्रकारभित्र बेग्लै वर्गीकरण गरिएको छ। यसले नेपालभरिको करीब सबै किसिमको भवनहरुलाई मूल्याङ्कन गर्न एउटा आधार प्रस्तुत गरी मूल्याङ्कन विधि सजिलो बनाउँछ ।
के कस्ता निर्माण सामग्री प्रयोग र सुविधा जडान गरेर कुन-कुन स्तरमा पर्छ, तपाईको भवनहरु? हेर्नुहोस् नेपाल सरकारले तयार पारेको विवरण

भुईको आधारमा

भुईको आधारमा भवनहरुलाई मुख्यतः २ किसिमले वर्गीकरण गरिएको छ । महंगो भुई अन्तर्गत ढलान गरिएको भुई पर्दछ भने सस्तो भुई अन्तर्गत काठको सादा अथवा त्यसमा माटोले पोतेको भुई भएको भवनहरु पर्दछन्।

प्रविधिको आधारमा

प्रविधिको आधारमा भवनहरुलाई मुख्यतः ३ किसिममा वर्गीकरण गरिएको छ । यस अन्तर्गत पहिलो आर। सी। सी। फ्रेम र  दोस्रो लोड वियरिङ्गमा निर्माण गरिएको भवनहरु पर्दछन्।

पर्खालको आधारमा

पर्खालको आधारमा भवनहरुलाई मुख्यतः ५ किसिममा वर्गिकरण गरिएको छ । पहिलो सिमेण्टको जोडाइमा लोकल ईटको गारो, दोस्रो सिमेण्टको जोडाइमा चाइनिज ईटको गारो, तेस्रो माटोको जोडाइमा लोकल ईटको गारो, चौथो माटोको जोडाईमा ढुंगाको गारो र पाँचौमा सिमेण्टको जोडाईमा ढुंगाको गारोद्वारा निर्माण गरिएको भवन ।

छानाको आधारमा

छानाको आधारमा भवनहरुलाई मुख्यतः ३ किसिममा वर्गिकरण गरिएकोछ । यस अन्तर्गत पहिलो कर्कटपाता तथा स्लेटको छाना, दोस्रो आर। सी। सी। को छाना र तेस्रो टायल तथा झिंगटीको छानाद्बारा निर्माण गरिएको भवनहरु पर्दछन ।

विजुली बत्तीको सुविधाका आधारमा

विजुलीवत्तीको सुविधाका आधारमा भवनहरुलाई मुख्यतः ३ किसिममा वर्गिकरण गरिएकोछ । पहिलोलाई उत्तमस्तर अन्तर्गत राखिएको छ, दोस्रोलाई मध्यमस्तर अन्तर्गत राखिएको छ र तेस्रोलाई निम्‍नस्तर अन्तर्गत राखिएकोछ । उत्तम स्तरको विजुलीवत्तीको सुविधा भनेको पर्याप्त एम्पाएर मिटर भएको, कन्सील वायरिङ्ग गरिएको, पर्याप्त रुपमा वत्तीका प्वाईण्टहरु राखिएको र वत्तीका फिटिङ्गहरु स्वीच, वत्ती र जडान गरिने अन्य सामाग्री उत्कृष्‍ट वा महँगो भएकोलाई मानिएको छ ।

मध्यमस्तरको विजुली वत्तीको सुविधा भनेको कन्सील वायरिङ्ग वा एक्सपोज वायरिङ्ग गरिएको, पर्याप्त रुपमा वत्तीका प्वाईण्टहरु नराखिएको र वत्तीका फिटिङ्गहरु स्वीच, वत्ती र जडान गरिने अन्य सामाग्री सस्ता खालको भएकोलाई मानिएको छ ।

निम्‍नस्तरको विजुली वत्तीको सुविधा भनेको सानो एम्पाएरको मिटर जडान गरिएको, वायरिङ्ग नगरी तार तानिएको, पर्याप्त रुपमा वत्तीका प्वाईण्टहरु नराखिएको र वत्तीका फिटिङ्गहरु ९ स्वीच, बत्ती र जडान गरिने अन्य सामाग्री निकै थोरै र निकैसस्ता खालको भएकोलाई मानिएकोछ ।

स्यानिटरी सुविधाको आधारमा

स्यानिटरी सुविधाको आधारमा भवनहरुलाई मुख्यतः ३ किसिममा वर्गिकरण गरिएको छ । जसअन्तर्गत पहिलोलाई उत्तमस्तर, दोस्रोलाई मध्यमस्तर र तेस्रोलाई निम्‍नस्तरमा राखिएकोछ । उत्तमस्तरको स्यानिटरी सुविधा भनेको पर्याप्त मात्रामा पानी जम्मा गर्न सकिने ट्यांकी भएको, तातो तथा चिसो पानीको लागि छुट्टाछुट्टै पाइप लाईन जडान गरी प्रत्येक वाथरुम, भान्छाकोठा र अन्य आवश्यक स्थानमा सुविधा पुर्याइएको र साथै उत्कृष्‍ट किसिमको ड्रेनेज सिस्टमको व्यवस्था गरिएकोलाई लिइएको छ ।

मध्यमस्तरको स्यानिटरी सुविधा भनेको आवश्यक मात्रामा पानी जम्मा गर्न सकिने ट्यांकी भएको, एउटा मात्र पाइप लाइन जडान गरी प्रत्येक वाथरुम, भान्छाकोठा र अन्य स्थानमा सुविधा पुर्याइएको तर उत्कृष्‍ट ड्रेनेज सिस्टमको व्यवस्था नगरिएको अवस्थालाई लिइएको छ । निम्‍नस्तरको स्यानिटरी सुविधा भनेको टंकी भुईमै राखिएको अथवा नभएको, साह्रै थोरै मात्रामा धारा जडान गरिएको एउटा धारा वाथरुममा र एउटा धारा भान्छा कोठामा र त्यस वाहेकका स्यानिटरी सम्वन्धी अन्य कुनै सुविधा नभएको अवस्थालाई लिइएकोछ ।

तपाईसँग उपलब्ध बजेट, रूची र योजनाअनुसार कुन स्तरको घर निर्माण गर्ने भन्‍ने कुराको निर्णय लिन सक्नुहुन्छ । 

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

0886034751A7616-085EC2A2DA9E4F0-daln 1.jpg

घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्

CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?