सामन्यतयाः दक्षिण दिशातर्फ फर्किएको घरलाई अशुभ ठानिन्छ । तर, दक्षिण दिशा सबैका लागि अशुभ हुँदैन । कतिपयलाई दक्षिण दिशातर्फ फर्किएको घरले लाभ दिन्छ । वास्तुविज्ञ भन्छन्, जुन व्यक्तिका लागि दक्षिण दिश अशुभ ठानिन्छ, उनीहरुले घरमा वास्तुदोष नासक यन्त्र राख्न सक्छन् ।
हामी जानकारी गराउँदै छौं, १२ राशिका व्यक्तिलाई दक्षिण दिशका घरले कस्तो फल दिन्छ ।
- मेष राशिका लागि दक्षिण फर्किएको घर, भवन वा फ्ल्याट अत्यन्त शुभ हुन्छ । यस्तो घरमा तपाइँको व्यक्तित्व विकास हुन्छ ।
- वृष राशिका लागि दक्षिण फर्किएको घरले अशुभ फल दिन सक्छ । यो दिशातर्फ फर्किएको घरमा बस्दा आम्दानी अधिक खर्च हुन्छ ।
- मिथुन राशिका लागि दक्षिण फर्किएको घरले अशुभ फल दिन्छ । यस्तो घरमा बस्दा गम्भिर विमारी हुने सम्भवना हुन्छ ।
- कर्कट राशिका लागि दक्षिण फर्किएको घर शुभदायक हुन्छ । यो घरमा रहने कर्कट राशिका व्यक्तिको मान–सम्मान र नेकरीमा प्रमोसन पनि मिल्न सक्छ ।
- सिंह राशिका व्यक्तिलाई दक्षिण फर्किएको घर भाग्य चम्काउने अवसर सक्छ । यो राशिका व्यक्तिलाई एकभन्दा बढी घर प्राप्ती गर्ने सम्भवना हुन्छ । अर्थात् उसले सम्पत्ती जोड्न सक्छ ।
- कन्या राशिका लागि दक्षिण फर्किएको घरमा रहँदा विभिन्न दुःख, कष्ट झेल्नुपर्ने हुन सक्छ ।
- तुला राशिका व्यक्तिका लागि दक्षिण दिशातर्फ फर्किएको घरले मध्यम स्तरको फल दिन्छ ।
- वृश्चिक राशिका लागि दक्षिण फर्किएको घरमा बस्दा शुभलाभ हुन्छ । उनको मान–सम्मान र आत्मबल बढ्छ ।
- धनु राशिका लागि दक्षिण दिशातर्फ फर्किएको घरमा बस्दा सन्तानको दृष्टिबाट एकदमै लाभदायक हुन्छ । दक्षिणतर्फ फर्किएको घरमा बस्दा उसको सन्ताले राम्रो शिक्षा प्राप्त गर्न सक्छन् । शिक्षाबाटै नाम चम्काउन सक्छ ।
- मकर राशिका लागि दक्षिण दिशका घरले धन आर्जनका लागि लाभदायक ठानिन्छ । तर, व्यक्तिको व्यक्तित्व विकास हुन सक्दैन ।
- कुम्भ राशिका लागि दक्षिण फर्किएको घरले संघर्ष बढाउने काम गर्छ ।
- मीन राशिका लागि दक्षिणमुखी घरले भाग्य चम्काइदिने शुभदायक हुन्छ ।