होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

367B408218B985F-icon.png
177views
818BC004B8A4D0D-Hotel Barahi 2.jpg

काठमाडौं । होटल बाराही काठमाडौंले  क्रिसमसको स्वागत गर्दै केक मिक्सिङ कार्यक्रम सम्पन्न गरेको छ । बाराहीले काठमाडौंको ठमेल प्रवेशद्वारमा रहेको होटलको  प्राइभेट लाउन्जमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कलाकार, उच्चपदस्थ व्यक्तिहरू र ट्राभल इन्फ्लुएन्सर लगायतको सहभागिता थियो। आमन्त्रित पाहुना सबैले केक मिक्स गरेका थिए । केकमा किसमिस, चेरी, काजु, पेस्ता, बदामलगायत मिसाइएको थियो ।

बाराही काठमाडौंका महाप्रबन्धक रोशन सापकोटाले कार्यक्रम केवल चाडपर्वको निरन्तरता मात्र नभई सम्बन्धहरूको सुदृढीकरण र उत्सवको आनन्द बाँड्ने अवसर भएको बताए । उनले भने, ‘प्रतिष्ठित पाहुनाहरूको साथमा यस्तो विशेष कार्यक्रम आयोजना गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।’

पाहुनालाई केक मिक्सिङ कार्यक्रमपछि बाराहीका सेफहरूले तयार पारेको परिकारहरूको विशेष मेनुमा आधारित दिवा भोजको व्यवस्था गरिएको थियो।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ

नगरकोटमा ७५ घडेरीको कोलोनी तयार, मूल्य प्रतिआना १८ लाखसम्म

प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा

विराटनगरमा ६९ घडेरीको प्रिमियम प्लटिङ, धुरकै मूल्य ३० लाखसम्म

सरकारले भूउपयोग नीति परिमार्जन गर्दै, माग्यो राय सुझावहरु

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

DF66B0C59A3D60A-466986974_10169346323550005_5794831946900198421_n.jpg

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

2A316844A27B36A-PHOTO-2024-09-22-16-24-20.jpg

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

1E66E8F432913B7-Siddhartha Hotel Damauli.jpg

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’