बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।

367B408218B985F-icon.png
84views
4266BE5385479E9-474745930_995489585946271_4021970332497114775_n.jpg

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।

मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो। काठमाडौंको आकाश रातिको समयमा बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। 

उनका अनुसार दिउँसो काठमाडौंको मौसम सफा रहने पूर्वानुमान छ। अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। बुधबार काठमाडौंको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस मापन भएको थियो। 

एक साताअघि  गत बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बिहीबार ८,  शुक्रबार ६.२, र शनिबार ५.८, आइतबार ४.५, सोमबार ४.८ र मंगलबार ६.५ डिग्री सेल्सियस मापन भएको थियो। रासस

घरमा अँध्यारा कोठाहरूका लागि सही रंग कसरी छनोट गर्ने ?

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

यस्तो बन्दैछ वीरगञ्जमा लक्जरी कोलोनी ‘सुख भिल्लाज’, मूल्य पौने २ करोडबाट सुरु

घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

आइएमई ग्रुपले बागलुङमा खोल्यो ३० करोडमा ‘इला कम्फोर्ट’ होटल

नेपालमा सुपरमार्केट कल्चर : न्यूरोडको बिशाल बजार हुँदै मोफसलसम्मको यात्रा

घरजग्गा कारोबार चलायमान बनाउन व्यवसायीले अगाडि सारे ६ मागहरु

9FF1DE0C462134F-Bedroom-Colors-Nepalnaksa.jpg

घरमा अँध्यारा कोठाहरूका लागि सही रंग कसरी छनोट गर्ने ?

BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?

5B247B9333FAA6C-mahabhiyog-mag2024-09-09-01-47-04.jpeg

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग