रंग क्षेत्रका जानकार भन्छन्, 'कोठाको रङ छनोट गर्दा प्राकृतिक प्रकाशको स्रोत र गुणस्तरलाई विचार गर्नु आवश्यक हुन्छ ।'
काठमाडौं । हाम्रो घरमा त्यस्तो एउटा कोठा वा कुनो हुन्छ, जहाँ कम प्राकृतिक प्रकाश पुग्ने भएकाले सधैं अँध्यारो र धमिलो देखिन्छ । तर, यदिसही रंहरू छानियो भने यी कोठाहरूको माहोल र सौन्दर्यमा ठूलो परिवर्तन आउन सक्छ ।
सही रंग छनोट गर्दा अँध्यारा कोठाहरू उज्यालो र फराकिलो देखिन सक्छन् । यदि तपाईं आफ्नो घर आफैं रंगाउने योजना बनाउँदै हुनुहुन्छ भने यी सुझावहरू उपयोगी हुन सक्छन् ।
धेरैलाई यस्तो ठाउँहरू सेतो रङले रंगाउन मन लाग्न सक्छ । तर, यो सधैं उत्तम विकल्प हुँदैन । पेन्टर भन्छन्, कोठाको रङ छनोट गर्दा प्राकृतिक प्रकाशको स्रोत र गुणस्तरलाई विचार गर्नु आवश्यक हुन्छ ।
उदाहरणका लागि, बैठक कोठा र भान्सामा पर्याप्त झ्याल र भेन्टिलेसन हुने भएकाले उज्यालो देखिन्छन् । तर, बेसमेन्ट र करिडोरहरूमा झ्यालहरू कम हुने भएकाले अँध्यारा हुन्छन् ।
अँध्यारा कोठाहरूका लागि उत्तम पेन्ट रंगहरूबारे छलफल गर्नुअघि प्राकृतिक र कृत्रिम प्रकाशले रङमा कसरी प्रभाव पार्छ भनेर बुझौं ।
सूर्य प्रकाशले रंगहरूमा कसरी प्रभाव पार्छ ?
तपाईंले कहिल्यै कोठाको रंग छनोट गर्दा पसलमा देखिएजस्तो नभई भित्तामा फरक देखिएको महसुस गर्नुभएको छ? यदि हो भने, तपाईंलाई थाहा छ कि प्राकृतिक प्रकाशले रंगहरूमा ठूलो प्रभाव पार्छ।
कोठामा पर्ने प्रकाशको मात्रा र सूर्यको कोण महत्वपूर्ण हुन्छ ।
उदाहरणका लागि, पूर्वतर्फ फर्किएको कोठामा रातो, पहेँलो, र सुन्तला रंग छनोट गर्न सकिन्छ । किनभने, दिउँसोसम्म यो कोठाहरुमा न्यानो र निलो छायाँसहितको प्रकाश छिर्छ ।
पश्चिमतर्फ फर्किएको कोठामा कुनै पनि रंग उपयुक्त हुन्छ । किनभने, सूर्यप्रकाशले कोठालाई न्यानो बनाउँछ ।
उत्तरतर्फ फर्किएको कोठामा गाढा रंगहरू प्रयोग गर्नुपर्छ, किनभने हल्का रंगहरू बेलुकाको चिसो नीलो प्रकाशमा फिका देखिन सक्छन् ।
दक्षिणतर्फ फर्किएको कोठामा हल्का रंगहरू उत्तम हुन्छन्, किनभने सूर्यको उज्यालोले भित्तामा हल्का चमक दिनेछ ।
कृत्रिम प्रकाशले रंगहरूमा कसरी प्रभाव पार्छ ?
फ्लोरोसेन्ट बल्बहरूले चिसो निलो प्रकाश उत्पन्न गर्छन्, जसले हरियो र नीलो रंगहरूलाई चम्काउँछ भने न्यानो रंगहरूलाई फिका बनाउँछ ।
सफ्ट सेतो फ्लोरोसेन्ट बल्बहरूले पहेँलो झल्को दिने भएकाले सबै रंगहरूमा न्यानोपन ल्याउँछन् ।
फुल–स्पेक्ट्रम फ्लोरोसेन्ट बल्बहरू प्राकृतिक सूर्यप्रकाश जस्तै देखिन्छन् ।
हलोजन बल्बहरू सफा सेतो प्रकाश दिने भएकाले अधिकांश रंगहरूसँग राम्रो मेल खान्छन् ।
यदि तपाईं आफ्नो कोठालाई उज्यालो देखाउने रंग खोज्दै हुनुहुन्छ भने उपयुक्त प्रकाश बल्ब छनोट गर्नु पनि उत्तिकै आवश्यक छ ।
अँध्यारा कोठाहरूका लागि उत्तम रंगहरू
सही रंग छनोट गर्दा कोठा केवल उज्यालो मात्र देखिदैन, सुन्दर पनि देखिन्छ । यहाँ केही लोकप्रिय रंगहरू प्रस्तुत छन्ः
१. खैरो रंग
खैरो रंग न्यूट्रल मानिन्छ । यो कम सूर्यप्रकाश पाइने कोठाहरूका लागि उत्कृष्ट विकल्प हो । खैरोका विभिन्न शेडहरू हुन्छन्, जसकारण तीनदेखि चार विकल्पको स्याम्पल किनेर भित्तामा परीक्षण गर्नु राम्रो हुन्छ । यो रंग कालो र कास्य टोनसँग राम्रोसँग मिल्छ ।
२. टील रंग
यो गाढा र अर्थी रंग हो, जसले कोठालाई प्राकृतिक सौन्दर्य दिनेछ । टील रंगसँग हल्का पहेँलो झल्को हुने भएकाले काठका प्राकृतिक फर्निचरहरूसँग राम्रो देखिन्छ ।
३. समुद्री फोम ग्रिन रंग
यो हरियो रंग सूर्यप्रकाश प्रतिबिम्बित गर्ने राम्रो विकल्प हो । साथै, कोठालाई शान्ति र सौन्दर्यको अनुभूति दिनेछ । यो रंग काठका सामग्रीहरूसँग राम्रो देखिन्छ ।
४. ग्रिज रंग
यदि तपाईं न्यूट्रल रंग मन पराउनुहुन्छ भने खैरो र बेजको मिश्रण भएको ग्रिज उत्तम विकल्प हुन सक्छ । यसले प्राकृतिक उज्यालो राम्रोसँग प्रतिबिम्बित गर्छ, जसले गर्दा कोठा ठूलो र उज्यालो देखिन्छ ।
५. गाढा निलो रंग
मूडयुक्त तर क्लासिक रंग खोज्दै हुनुहुन्छ भने नेभी ब्लू उत्तम हुन्छ । यो रंग गाढा देखिन सक्छ, तर सेतो ट्रिम वा ब्राइट एक्सेन्ट वालले कोठालाई आकर्षक बनाउन सक्छ ।
६. हल्का सेतो रंग
क्रिमयुक्त सेतो रंग अँध्यारा कोठाहरूका लागि सुरक्षित विकल्प हो । यसले कोठालाई पारम्परिक वा पुरानो देखाउने छैन, बरु उज्यालो र स्वागतयोग्य देखाउनेछ ।
७. हल्का गुलाबी रंग
हल्का गुलाबी रंगले अँध्यारा कोठाहरूलाई उज्यालो बनाउन मद्दत गर्छ । यो रंग गाढा वा चम्किला रंगहरूसँग राम्रो मिल्छ, जसले गर्दा यो करिडोरहरूका लागि उत्कृष्ट विकल्प बन्न सक्छ ।
जमिन डटकमबाट