सिजनमा सिमेन्टको भाउ बढ्दा निर्माण क्षेत्र महंगीएको छ । आधुनिक आरसीसी प्रविधिको निर्माणमा सिमेन्ट सबैभन्दा अत्यावश्यक निर्माण सामाग्री हो ।
काठमाडौं । निर्माणको सिजन सुरु भएसँगै बजारमा सिमेन्टको भाउ पनि आकाशिएको छ ।
सिमेन्ट उद्योगीहरुले एक महिनामै सिमेन्टको भाउ प्रतिबोरा सवा सय रुपैयाँसम्म बढाएको निर्माण व्यवसायीले बताएका छन् ।
यसअघि पीपीसी सिमेन्टको मूल्य पाँच सय हाराहारी रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको छ । यस्तै, ६ सय रुपैयाँ हाराहारी रहेको ओपीसी सिमेन्टको मूल्य सवा सात सय रुपैयाँसम्म पुगेको छ ।
सिमेन्ट उद्योगीले पटकट पटक गरी एक महिनामा एक सय २५ रुपैयाँसम्म मूल्य बढाएको निर्माण व्यवसायीको भनाई छ । ठूला उद्योगले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको आरोप छ ।
उता उद्योगीहरुले भने परल मूल्यभन्दा कममा बिक्री भइरहेको सिमेन्ट मूल्य समायोजन गरेको दाबी गरेका छन् । ‘हामीले लागतभन्दा पनि कम मूल्यमा सिमेन्ट बिक्री गरिरहेका थियौं, त्यही घाटा परिपूर्ति हुने गरी सिमेन्टको मूल्य समायोजन मात्र गरेका हौं’ एक उद्योगीले भने ।
सिजनमा सिमेन्टको भाउ बढ्दा निर्माण क्षेत्र महंगीएको छ । आधुनिक आरसीसी प्रविधिको निर्माणमा सिमेन्ट सबैभन्दा अत्यावश्यक निर्माण सामाग्री हो ।