जानै छाड्यो रियल इस्टेट कर्जा

०८१ असार मसान्तसम्म रियल इस्टेट शिर्षकमा दुई खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, अशोज मसान्तसम्म आइपुग्दा रियल इस्टेट कर्जा खुम्चिएर दुई खर्ब ६८ अर्ब ७ करोडमा सिमित भएको छ ।

367B408218B985F-icon.png
195views
0FCBA3232596A4B-3980EF4110B922C-F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रियल इस्टेट कर्जाको माग आउनै छाडेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रियल इस्टेट शिर्षकको कर्जा प्रवाह ६ करोडले खुम्चिएको हो ।

०८१ असार मसान्तसम्म रियल इस्टेट शिर्षकमा दुई खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, अशोज मसान्तसम्म आइपुग्दा रियल इस्टेट कर्जा खुम्चिएर दुई खर्ब ६८ अर्ब ७ करोडमा सिमित भएको छ ।

रियल इस्टेटमा मन्दी कायमै रहँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर कमर्सियल रियल इस्टेटमा लगानी गर्नेहरु घटेका छन् । पछिल्लो समय रियल इस्टेट शिर्षकमा प्रवाह हुने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै भइरहेको छ ।

हाउजिङ, अपार्टमेन्ट, प्लटिङ, कमर्सियल भवन निर्माणका प्रोजेक्टहरु पनि मन्दीका कारण होल्ड भएर बसेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिनामा कमर्सियल जग्गा खरिद तथा प्लटिङमा हुने कर्जा प्रवाह ठप्प छ । यो शिर्षकमा नयाँ कर्जा प्रवाहभन्दा पुरानो कर्जा असुली धेरै हुँदा पछिल्लो तीन महिनामा २ अर्ब ६३ करोड रुपैयाँ ऋणात्मक देखिएको छ ।

पछिल्लो तीन महिनामा रेसिडेन्सियल रियल इस्टेट (अधिकत दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक), कमर्सियल कम्पलेक्स र रेसिडेन्सियल हाउजिङ निर्माण, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्स लगायतमा कर्जा प्रवाह सामान्य बढेको दलेखिन्छ ।

उपत्यकामा साउनयता घरजग्गा कारोबार निरन्तर ओरालो

जानै छाड्यो रियल इस्टेट कर्जा

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

चितवनमा दुई अर्बमा ७० घरको व्यवस्थित कोलोनी बन्दै, सुरुवाती मूल्य सवा दुई करोड

मार्बल र ग्रेनाइटका ढिक्कामा भन्सार महशुल घटायो, स्वदेशी उद्योग फस्टाउने

महालक्ष्मी विकास बैंकमा ८.९९% ब्याजदरमै घरकर्जा!

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

886E32B2A1C303F-mahalaxmi-green-home-lone.jpg

महालक्ष्मी विकास बैंकमा ८.९९% ब्याजदरमै घरकर्जा!

3980EF4110B922C-F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

4C4B49C28EF5FB5-Deposited.jpg

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर