उपत्यकामा साउनयता घरजग्गा कारोबार निरन्तर ओरालो

आर्थिक वर्षको सुरुदेखि घरजग्गा कारोबार मात्र घटेको छैन, राजश्व संकलन र कित्ताकाट पनि घट्दै गइरहेको छ

367B408218B985F-icon.png
232views
4ACAE81AF21150A-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

काठमाडौं । लम्बिदै गइरहेको मन्दीका कारण काठमाडौं उपत्यकाको घरजग्गा कारोबार गम्भिर संकटमा फसेको छ । आर्थिक वर्षको सुरुवातदेखि उपत्यकामा घरजग्गा कारोबार (लिखत पारित) निरन्तर खुम्चिदै गइरहेको छ । 

गत आर्थिक वर्षको अन्तिम महिना (असार ०८१) उपत्यकाका तीन जिल्लामा ४९ सय घरजग्गाको लिखत पारित भएको थियो । कारोबार संख्या बढेसँगै घरजग्गा खरिद बिक्री बढ्दै जाने अपेक्षा थियो । तर, चालु आवको पहिलो महिना (साउन ०८१) मा घरजग्गा कारोबार खुम्चिएर ३९ सय २१ मात्रै लिखत पारित भए ।

त्यसयता उपत्यकामा घरजग्गा कारोबार निरन्तर ओरालो लागिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । भदौ महिनामा ३६ सय २३, अशोजमा ३१ सय ९४ र कात्तिकमा २७ सय नौ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

गत आवको पहिलो चार महिनासँग तुलना गर्दा भने चालु आवो सोही अवधिमा करिव बराबार घरजग्गा किनबेच भएका छन् । गत आवको साउनदेखि कात्तिकसम्म १३ हजार ३६२ घरजग्गाको लिखत पारित भएकोमा यस वर्ष १३ हजार ४४७ लिखत पारित भएका छन् । 

कर्जाको ब्याजदर घट्दै, तैपनि कारोबार ठप्प
तर, गत वर्षको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर घट्नुको साथै राष्ट्र बैंकले कर्जा लगानीमा समेत सहजीकरण गरेको हुँदा कारोबार बढ्ने अपेक्षा थियो ।

अहिले घरजग्गा कर्जाको ब्याजदर साढे सात प्रतिशतसम्म झरेको छ । विकास बैंकहरुले नै हरित घरकर्जा भनेर ७ प्रतिशतको ब्याजदर रेञ्जमै कर्जाका स्किम ल्याउन थालेका छन् । 

तर, जतिसुकै ब्याजदर घटेपनि बैंकमा कर्जा बढ्न सकेको छैन । रियल इस्टेट कर्जा बढ्नुको सट्टा उल्टै खुम्चिएको छ । अधिकतम दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा पनि उल्लेखनिय रुपमा बढ्न सकेको छैन । 

०८१ असार मसान्तसम्म रियल इस्टेट शिर्षकमा कुल दुई खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा रियल इस्टेट कर्जा खुम्चिएर दुई खर्ब ६८ अर्ब ७ करोडमा सिमित भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा व्यक्तिगत आवासीय घरकर्जा प्रवाह ६३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार, गत आवको पहिलो त्रैमासमा बैंकहरुले २६ अर्ब ७७ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेकोमा यस वर्ष यो घटेर ९ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको देखिन्छ ।

पछिल्लो समय उपत्यकाका मालपोत कार्यालयलाई घरजग्गा कारोबार संख्यामा झापा, मोरङ, सुनसरी, धनुषा, दाङ, बाँके, कैलाली लगायत जिल्लाका मालपोत कार्यालयले धेरै पछाडि पार्न थालेका छन् । घरजग्गा कारोबार संख्या उपत्यका बाहिर बढी भएपनि राजश्व संकलन भने अझै काठमाडौं उपत्यकाभित्रै सबैभन्दा धेरै हुने गरेको छ । 

उपत्यकाभित्र कहाँ किनबेच बढी ?

उपत्यकामा मुख्य शहरी क्षेत्रमा भन्दा बाहिर बढी घरजग्गा किनबेच भइरहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । चालु आवको पहिलो चार महिनामा सबैभन्दा धेरै घरजग्गा भक्तपुर मालपोत कार्यालयमा भएका छन् । चार महिनामा भक्तपुरमा ३१ सय २४ घरजग्गाको लिखत पारित भएको छ । भक्तपुर जिल्लामा एउटा मात्र मालपोत कार्यालय छ ।

दोस्रो धेरै घरजग्गा किनबेच गर्ने मालपोतमा ललिपुरको लगनखेल मालपोत रहेको देखिन्छ । चार महिनामा लगनखेल मालपोतबाट २९ सय १६ घरजग्गाको लिखत पारित भएका छन् । ललितपुरको गोटीखेलमा मालपोत कार्यालय भएपनि नगन्य चार महिनामा ३४ लिखत पारित भएका छन् ।

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्, जसमा सबैभन्दा धेरै कलंकी मालपोत कार्यालयबाट घरजग्गाको लिखत पारित भएको देखिन्छ । कलंकीबाट चार महिनामा २२ सय ५१ लिखत पारित भएका छन् । यो मालपोतले  थानकोट, दहचोक, कीर्तिपुर, चाल्नाखेल हुँदै दक्षिणकालीसम्मको घरजग्गाको किनबेच गराउने गर्छ । 

चाबहिल मालपोतबाट १५ सय ९९, साँखु मालपोतबाट १ हजार ३३, मनमैंजु मालपोतबाट १२ सय ८१, टोखा मालपोतबाट ५२५ घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ । उपत्यकाकै कोर सिटी एरियाको घरजग्गा किनबेच गराउने डिल्लीबजार मालपोतबाट चार महिनमाा ६८४ घरजग्गाको लिखत पारित भएका छन् ।

काठमाडौं उपत्यका सबैको रोजाइमा परेपछि घरजग्गाको मूल्य अचाक्ली बढिसकेको छ । अझ पछिल्लो समय मुख्य शहरी क्षेत्रमा खाली जग्गा पाउन समेत मुस्किल पर्न थालेको छ ।

खाली जग्गा भएको उपत्यकामा रिङरोडबाहिर कुनाकाप्चातिरै पुग्दा पनि आनाको १५–२० लाख रुपैयाँभन्दा सस्तोमा जग्गा भेट्याउन मुस्किल पर्छ ।

अहिले सबैभन्दा बढी घरजग्गा किनबेच भक्तपुर, ललितपुर, थानकोट, कलंकी, दक्षिणकाली, फर्पिङ लगायतका क्षेत्रहरुमा भइरहेको उपत्यकाका मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । 

अहिले ललितपुरमा धापाखेल, साना गाउँ, गोदामचौर, विष्टछाप, गोदावरी, लुभु, खोकना, लेले लगायत दक्षिण भेगतिर बढी घरजग्गा किनबेच भइरहेको घरजग्गा व्यवसायी बताउँछन् । 
काठमाडौंका साँखु र भक्तपुरका कुनाकाप्चातिर अहिले सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेको देखिन्छ ।

 

उपत्यकामा साउनयता घरजग्गा कारोबार निरन्तर ओरालो

जानै छाड्यो रियल इस्टेट कर्जा

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

चितवनमा दुई अर्बमा ७० घरको व्यवस्थित कोलोनी बन्दै, सुरुवाती मूल्य सवा दुई करोड

मार्बल र ग्रेनाइटका ढिक्कामा भन्सार महशुल घटायो, स्वदेशी उद्योग फस्टाउने

महालक्ष्मी विकास बैंकमा ८.९९% ब्याजदरमै घरकर्जा!

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

0886034751A7616-085EC2A2DA9E4F0-daln 1.jpg

घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्

D1FD081C99C56ED-Apartment news cover image.jpg

यता छन् तीन करोडसम्मका अपार्टमेन्ट बिक्रीमा

533EFCE25DBC6DA-4B4BE918D4B5CCE-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित