कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?

देशभर बाढी र पहिरोले के कति घर पुरिए, के कति घर बगे र के कति घर डुबानमा परेर भनेर अझै यकिन तथ्यांक आएको छैन् ।

367B408218B985F-icon.png
682views
625B8AC935B31CE-4d59f9a5-a084-4be1-9eba-bf1e9f8a08da.jpeg


काठमाडौं । लगातार दुई दिन परेको अविरल वर्षाका कारण देशले ठूलो आर्थिक तथा मानवीय क्षति ब्यहोर्नुपर्यो । ठूलो संख्यामा घरहरु पहिरोले पुरिए, बाढी पसेर बगायो ।

बाढी पसेर डुवानमा पर्ने घरहरुको कुनै लेखाजोखा छैन । काठमाडौं उपत्यकामै खोलाको किनारमा रहेका अधिकांश घरहरु बाढीले डुबानमा परेका छन् । शहरमै ठूला सपिङ मल, हस्पिटल, होटेलदेखि स्कुल, कलेज र सरकारी भवनसम्म डुबानमा परेको देखियो । 

देशभर बाढी र पहिरोले के कति घर पुरिए, के कति घर बगे र के कति घर डुबानमा परेर भनेर अझै यकिन तथ्यांक आएको छैन् । तीनै तहका सरकार यतिबेला मानवीय सेवा (उद्दार तथा राहत)मा खटिइरहेका छन् ।

काठमाडौं उपत्यकामा सुविधा सम्पन्न र सुरक्षित भनिने हाउजिङ र अपार्टमेन्ट पनि बाढीबाट अछुतो रहेनन् । एक दर्जनभन्दा बढी हाउजिङ र अपार्टमेन्ट बाढी पसेर डुबानमा परेको अनुमान छ ।

देशकै पुरानोमध्येको एक अपार्टमेन्ट स्तुपा कोलोनीको भुइँ तलामा बाढी पसेको छ । बागमती र धोवी खोलाको दोभान बुद्धनगरमा रहेको स्तुपा कोलोनीमा बाढी पसेपछि भुइँतलाका बासिन्दा प्रभावित भए । सम्भवतः पहिलो पटक स्तुपा कोलोनीभित्र बाढी छिरेको हो । 

बाढीले हात्तीवन क्षेत्र धेरै प्रभावित भयो । हात्तीवनको वस्तीदेखि लिटिल एञ्जल स्कुल, जेम्स स्कुल पुरै डुबानमा परेका थिए । त्यहाँको मेरो सिटी अपार्टमेन्ट पुरै डुबानमा परेको छ ।

यस्तै, बालकुमारीको हिल भ्यू हाउजिङ पनि डुबानमा परेको छ । इमाडोलको डाउनटाउन रेसिडेन्सी पनि डुबानमा पर्यो । 

बालकुमारीको भेगास सिटीको बिचबाटै बाढी बगेको भिडियो सामाजिक सञ्जालभरी भाइरल छ । यस्तै, नख्खुमा रहेको सनराइज अपार्टमेन्टमा बल्खु खोला छिरेपछि पहिलो तला डुबानमा परेको छ ।