फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

वाणिज्य बैंकहरुमा असोज महिनाका लागि मुद्दति निक्षेपको व्याजदर औषतमा ०.१५ बिन्दूले घटेको छ ।

367B408218B985F-icon.png
2929views
7EA66F528AC39BA-banking-kaja.jpg

काठमाडौं । आर्थिक गतिविधि सुस्त भएर कर्जा प्रवाह बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर निरन्तर घटाइरहेका छन् । 

वाणिज्य बैंकहरुमा असोज महिनाका लागि मुद्दति निक्षेपको व्याजदर औषतमा ०.१५ बिन्दूले घटेको छ । 

अब असोज महिनामा वाणिज्य बैंकहरुमा व्यक्तिगततर्फ मुद्दति निक्षेप राख्दा ब्याजदर औषतमा ६.३८ प्रतिशत पाइने भएको छ । भदौमा वाणिज्य बैंकहरुको औषत ब्याजदर ६.५३ प्रतिशत छ । 

असोजका लागि १० वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंक नेपाल बैंक र कृषि विकास बैंकले ब्याजदर सामान्य बढाएका छन् । यस्तै, आठ बैंकले भदौकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् ।

नेपाल बैंकले ०.७० प्रतिशत बिन्दू र कृषि विकास बैंकले ०.०१ प्रतिशत बिन्दूले ब्याजदर बढाएका हुन् । 

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदा बैंकहरुले कर्जाको ब्याजदर निरन्तर घटाइरहेका हुन् । पछिल्लो समय कर्जाको व्याजदर एकल बिन्दूमा झर्दा समेत कर्जा प्रवाह हुन सकेको छैन । 

अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ । 

कुन बैंकको कति ब्याजदर

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

8B1AF5B687C5257-1.jpeg

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

B4B430A8C6A26B1-Machhapuchhre-bank-MBL.jpg

माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५% प्रिमियम ब्याजदरमै घरकर्जा दिने

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच