निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

२० वर्षअघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै बन्द भएका हुन्।

367B408218B985F-icon.png
338views
77F2D073E7FE413-ita-udhyog.jpeg

काठमाडौं । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन्। २० वर्षअघिसम्म ४४ इँटा उद्योग सञ्‍चालनमा रहेकामा अहिले सबै बन्द भएका हुन्।

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः संख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्‍चालनमा छैनन्। गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन्। 

‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ,’ उनले भने। एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौँ मजदुरको रोजीरोटी बन्द भएको र करोडौँ रुपैयाँ उद्योगले नोक्सान व्यहोरेको बताए।

चितवनको इँटा राम्रो इँटाको रूपमा चिनिन्थ्यो। चितवन र छिमेकी जिल्लामा यहाँको इँटा जाने गर्दथ्यो। अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ। 

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नुलगायतका कारण उद्योग बन्द भएका हुन्।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इँटा उद्योग संघ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन्। यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ। जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रूपमा इँटा उद्योग सञ्‍चालनमा थिए।

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

5BE42F804E46F82-bhtadi64-1726025709.jpg

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

DF4D15A6283186A-453195606_910555274445483_7625434819657381474_n.jpg

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास