माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५% प्रिमियम ब्याजदरमै घरकर्जा दिने

बैंकले उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ ।

367B408218B985F-icon.png
514views
B4B430A8C6A26B1-Machhapuchhre-bank-MBL.jpg

काठमाडौं । माछापुच्छ्रे बैंकले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर एक महिनाको लागि कर्जा सुविधामा छुट दिने भएको छ ।

बैंकले घरकर्जा लिने ग्राहकका लागि आधारदर (बेसरेट)मा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत नै प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकबाट उक्त कर्जा लिने ग्राहकहरुले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्ने छन् । यस्तै, बैंकले एक करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने भएको छ । 

साथै, उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ । यो अफर भदौ ३१ सम्म लागु हुनेछ ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित बैंकले देशका सातवटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० वटा एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच