आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

मन्दीकै बिच भाटभटेनी लगानी थप्दै, सञ्जाल फैलाउँदै, रत्ननगरमा खुल्ने स्टोर हालसम्मकै ठुलो हुने

367B408218B985F-icon.png
3125views
5BE42F804E46F82-bhtadi64-1726025709.jpg

काठमाडौं । मन्दीका कारण चल्तिकै सपिङ सेन्टरहरु सुनसान भइरहेका बेलामा भाटभटेनी समूह भने देशैभर सञ्‍जाल विस्तारमा सक्रिय बनेको छ । यसै साता तीन दिनको अन्तर पारेर भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले पोखरा र चितवनमा दुईवटा स्टोर शिलन्यास गरेका छन् ।

पोखरा र टाँडी दुईवटै पर्यटकीय क्षेत्रमा निर्माण सुरु गरिएका स्टोरमा कुल तीन अर्ब लगानी हुने गुरुङ बताउँछन् । २४ भदौमा निर्माण सुरु गरिएको पोखरा तालचोक स्टोरमा एक अर्ब र २६ भदौमा निर्माण सुरु गरिएको चितवनको टाँडी स्टोरमा करिव दुई अर्ब लगानी हुनेछ । 

दुईवटै स्टोर सञ्‍चालनमा आएपछि भाटभटेनीका देशभर स्टोर संख्या २९ पुग्नेछन् । भाटभटेनीको ३०औं स्टोर ललितपुरको हात्तिवनमा सञ्‍चालन गर्ने गुरुङको तयारी छ । हात्तिवनमा भाटभटेनी स्टोर निर्माणका लागि जग्गा समेत खरिद गरिसकेको उनले बताए । 

चितवनको रत्ननगर–३ टाँडीमा सञ्‍चालनमा ल्याइने भाटभटेनी स्टोर हालसम्मकै ठूलो हुने बताइएको छ । अहिलेसम्म इटहरीमा सञ्‍चालनमा ल्याइएको भटभटेनी स्टोर सबैन्दा ठूलो हो ।

पोखरा स्टोर सवा दुई लाख  वर्गफिटको हुने  

पोखरा महानगरपालिका–२९ तालचोकमा संचालनमा एक अर्ब लागानीमा निमार्ण हुने स्टोरको क्षेत्रफल दुई लाख २५ हजार वर्गफिटको हुनेछ । 

१२ रोपनी क्षेत्रफलमा बन्‍ने दुई तला बेसमेन्टसहितको सात तले भवनमा दुईवटा मल्टिप्लेक्स सिनेमा हल सञ्‍चालन हुनेछन् । पछिल्लो समय जहाँ भाटभटेनी, त्यहाँ क्यूएफएक्स सिनेमा हल खुलिरहेका छन् । यस्तै, भवनमै फुडकोर्ट, चाइल्ड प्ले जोन पनि रहने बताइएको छ ।

 

पोखराको न्युरोडमा यसअघि नै भाटभटेनीको स्टोर सञ्‍चालनमा छ । यो स्टोर सञ्चालनमा आउँदा पोखरामा भाटभटेनीका दुई स्टोर पुग्‍ने छन् । दिनप्रतिदिन बसाइसराइका कारण ग्राहकहरु बढ्दै गएपछि भटभटेनीले नयाँ स्टोर थप्‍न लागेको हो । 

एक वर्षभित्र सञ्‍चालनमा ल्याइसक्ने लक्ष्य राखिएको २८औं स्टोर (पोखरा)मा करिव पाँच सय जनाले रोजगारी पाउने गुरुङले बताए । 

रत्ननगर स्टोरको क्षेत्रफल सवा तीन लाख वर्गफिट

हल सञ्‍चालनमा रहेका भाटभटेनी स्टोरमा सबैभन्दा ठूलो इटहरी स्टोर हो, जसको क्षेत्रफल दुई लाख ९५ हजार वर्गफिट रहेको छ । अब रत्ननगर टाँडीमा स्टोर सञ्‍चालनमा आएपछि देशकै सबैभन्दा ठूलो स्टोर हुनेछ । रत्ननगर स्टोरको क्षेत्रफल तीन लाख २२ हजार वर्गफिट हुने गुरुङले बताए ।  

चितवनको भरतपुरमा यसअघि नै भाटभटेनी स्टोर सञ्चालनमा छ । टाँडी स्टोर सञ्‍चालनमा आएपछि चितवनमा भाटभटेनीका स्टोर दुई पुग्‍नेछन् । यी दुई स्टोरको दुरी करिव १० किलोमिटर रहने छ ।

चार विघा क्षेत्रफलमा फैलिने एक तला बेसमेन्टसहित सात तले भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनले मात्रै डेढ विघा क्षेत्रफल ओगट्ने बताइएको छ । स्टोरको हरेक तलाको क्षेत्रफल ४६ हजार वर्गफिट हुनेछ, जहाँ पाँच सय हाराहारीले रोजगारी प्राप्त गर्नेछन् । 

भाटभटेनीले पर्यटकीय क्षेत्र टाँडीको स्टोरलाई पर्यटक केन्द्रित बनाउन खोजेको छ । यो स्टोरमा उत्कृष्ट रेस्टुरेन्ट सञ्‍चालन गरिनेछ, जहाँ रैथाने खानादेखि इन्डियन, चाइनिज, इटालियन मल्टिकुजिन सर्व हुनेछ । 

यो स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, फुडकोर्ट, चाइल्ड प्ले जोन, बैंकलगायत रहने बताइएको छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

77F2D073E7FE413-ita-udhyog.jpeg

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

DF4D15A6283186A-453195606_910555274445483_7625434819657381474_n.jpg

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

E795F774685E34D-Chitwan-district-of-Bharatpur2022-05-22-01-53-14.jpeg

जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो