जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

भूमि व्यवस्थापन विभागका अनुसार अहिलेसम्म जग्गाको पूर्ण वर्गीकरण गर्न सफल स्थानिय तहको संख्या एक सय ३३ रहेको छ

367B408218B985F-icon.png
585views
3C2464B7323021A-457805888_1058533425842663_1549223094168763092_n.jpg

काठमाडौं । निर्धारित समयमा स्थानीय तहहरुले जग्गा वर्गीकरण गर्न नसकेपछि सरकारले ११ महिना समय थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ संशोधन गरी जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई ०८२ असार मसान्तसम्म म्याद थप गरेको हो ।

यसअघि ३२ साउन ०८१ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने व्यवस्था थियो । तर, यस अवधिमा २१।४५ प्रतिशत स्थानीय तहले मात्र पूर्ण रुपमा जग्गा वर्गीकरण टुंग्याउन सके । कुल ७५३ पालिकामध्ये ६२० पालिकाले जग्गा वर्गीकरण टुंग्याउन नसकेपछि कित्ताकाट नै रोकिएको थियो । 

सरकारले भूउपयोग नियमावली, २०७९ जारी गरेको दुई वर्ष वित्दासमेत अधिकांश स्थानीय तहहरु (पालिका)ले आफ्नो क्षेत्रमा पर्ने जग्गा वर्गीकरण टुंग्याउन सकेका छैनन् । 

भूउपयोग नियमावली, २०७९ को अनुसूचि १ मा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्र गरी १० प्रकारमा वर्गीकरण गर्न सकिने स्पष्टसँग व्यवस्था गरिएको छ । 

सरकारले भूउपयोग वर्गीकरणको जिम्मेवारी स्थानीय तहहरुलाई सुम्पिएको छ । स्थानीय तहमा रहेका भूउपयोग परिषदले भूमिको वर्गीकरण गरेर भूउपयोग नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गर्नुपर्ने हुन्छ ।

तर, धेरैजसो स्थानीय तहले कृषि र गैरकृषि बाहेक अन्य जग्गाको वर्गीकरण गर्न नसकेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक छ । 

हालसम्म जग्गा वर्गीकर गर्ने पालिकाहरु 

भूमि विभागका अनुसार अहिलेसम्म पूर्ण वर्गीकरण भएका स्थानिय तहको संख्या एक सय ३३ रहेको छ । यस्तै, ३२५ स्थानीय तहले भूमि आंशिक वर्गीकरण गरेका छन् । यस्तै, भूउपयोग कार्यको आरम्भ गरी कृषि र गैरकृषि क्षेत्रमात्र तोकेका स्थानीय तह ५१ रहेका छन् । 

एक सय ७९ स्थानीय तहले वर्गीकरणको मापदण्ड मात्र तयार गरेको, ५६ स्थानीय तहले भूउपयोग क्षेत्र नक्सा अद्यावधिक मात्र गरेको र ३९ स्थानीय तहले कित्ताकाट विवरण मात्र तयार गरेको विभागले जनाएको छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट