न त सिमेन्ट, न डन्डीकै प्रयोग, कुन प्रबिधिबाट बनाइयो अयोध्याको विशाल राम मन्दिर ?

पछिल्लो समयमा निर्माण गरिएको सबैभन्दा भव्य यस मन्दिरमा फलाम र सिमेन्टको प्रयोग गरिएको छैन । यो मन्दिर ढुंगाबाट मात्र बनेको छ, जसलाई प्रविधिको सहयोगमा फिट गरिएको छ ।

367B408218B985F-icon.png
655views
88989CC80955D31-Ram-Mandir-36.jpg

काठमाडौं । न त सिमेन्ट, न फलामको प्रयोग । आधुनिक निर्माण सामाग्रीहरुको प्रयोग नै नगरी कुन प्रविधिबाट बनाइयो अयोध्याको विशाल राम मन्दिर ?

भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच रामललाको मूर्तिमा प्राण प्रतिष्ठा गरेका थिए । 

सो समारोहमा भारतका चर्चित व्यवसायी, कलाकारदेखि प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । 

पछिल्लो समयमा निर्माण गरिएको सबैभन्दा भव्य यस मन्दिरमा फलाम र सिमेन्टको प्रयोग गरिएको छैन । यो मन्दिर ढुंगाबाट मात्र बनेको छ, जसलाई प्रविधिको सहयोगमा फिट गरिएको छ । 

६ आईआईटीको सहयाेग

सबैभन्दा ठूलो चुनौती मन्दिरको जग पूर्णतया सुरक्षित बनाउनु थियो । यसका लागि विभिन्‍न विज्ञहरुको राय लिइएको थियो । लामो समयको परीक्षणपछि सबै कुरा फाइनल भएको हो । साथै, राडार सर्वेक्षणको समेत सहारा लिइयो । करिब ५० फिट गहिरो खनेपछि कृत्रिम ढुंगा बनाउने निर्णय भएको थियो ।

यस कार्यमा आईआईटी मुम्बई, आईआईटी दिल्ली, आईआईटी चेन‍नई, आईआईटी गुवाहाटी, आईआईटी मद्रास, एनआईटी सूरत र आईआईटी खड्गपुर, वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् र सीबीआरआई अर्थात् केन्द्रीय भवन अनुसन्धान संस्थानले सहयोग गरेको बताइएको छ ।

यसका अलवा राम मन्दिरको काममा लार्सन टुब्‍बाे र टाटाका विज्ञ इन्जिनियरको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।  

मन्दिर निर्माणमा प्रयोग भएका ढुंगाको प्रयोगशाला परीक्षण गरिएको थियो । ढुंगा जडान गर्नका लागि पनि तामाको प्रयोग गरिएको छ । यसको उद्देश्य मन्दिर बलियो र हरेक चुनौती सामना गर्न सक्षम हुनुपर्छ भन्‍ने हो । बाढी र हवाहुरीले पनि मन्दिरमा कुनै क्षति गर्ने छैन ।

कति ढुंगा प्रयोग भयो ?

अयोध्याको राम मन्दिरमा कति घन फिट ढुंगा राखिएको छ ? हरेक रामभक्त राम मन्दिरसँग सम्बन्धित कुराहरू जान्‍न उत्सुक हुन्छन् नै, त्यसैले हामी तपाईंलाई अयोध्याको राम मन्दिरमा राजस्थानको बन्सी पहारपुरबाट कति लाख घन फिट ढुंगा प्रयोग भएको छ भन्‍ने जानकारी दिँदै छौं । 

यो ढुंगा पनि राजस्थानको बन्सी पहारपुरको गुलाबी ढुंगा हो । मन्दिर निर्माणको सबैभन्दा विशेष कुरा भगवान रामको बास हुने ठाउँ हो । उक्त गर्भमा करिब चार लाख ६० हजार घनफिट ढुंगा राखिएको छ । यसबाहेक करिब २१ लाख घनफिट ढुंगाले सम्पूर्ण मन्दिर निर्माण भएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईका अनुसार मन्दिरमा मात्रै चार लाख ७५ हजार घनफिट ढुंगा प्रयोग भएको छ । जसमा राजस्थानको मकराना संगमरमर फरक छ, ग्रेनाइट संगमरमर फरक छ, पार्कको ढुंगा फरक छ । सबै जोड्दा पूरै मन्दिर निर्माणमा करिब २१ लाख घनफिटभन्दा बढी ढुंगा खर्च भएको छ ।

प्राचिन शैली र आधुनिक प्रविधिको फ्युजन

यस मन्दिरको निर्माणमा परम्परागत प्राचीन शैली र संस्कृतिमात्र नभई नयाँ प्रविधिको पनि प्रयोग भएको छ । प्रत्येक वर्ष रामनवमीको अवसरमा सूर्यको किरणलाई श्रीरामको मूर्तिमा पुर्याउने प्रयास होस्, मन्दिरमा ढुंगा जोड्ने विधि होस् वा भूकम्पमा पनि बलियो रहने जग होस्, यी सबै बाधा–अड्चनहरू हटाउन विज्ञानको मद्दतबाट सकिन्छ । 

वैज्ञानिकहरू, विशेषज्ञहरू र धेरै एजेन्सीहरूको टोली राम मन्दिरको दीर्घायु होस् भन्ने कुरा सुनिश्चित गर्न मिलेर काम गरेका थिए । 

भगवान रामललाको मूर्तिमा परम्परागत प्राचीन शैली र संस्कृतिसँगै नयाँ प्रविधिको पनि प्रयोग गरिएको छ । प्रत्येक वर्ष रामनवमीको अवसरमा श्रीरामको मूर्तिमा सूर्यको किरण प्रत्यक्ष गराउने प्राविधिक काम भएको छ । मन्दिरमा राखिएका ढुंगा परीक्षणपछि प्रयोग गरिएका हुन् ।

राम मन्दिरको गर्भगृहमा स्थापित भगवान रामललाको मूर्ति मैसुरुका मूर्तिकार अरुण योगिराजले बनाएका हुन् ।

एजेन्सीकाे सहयाेगमा

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

B9A84DBFBC05423-5331166321685525657.jpg

कार्यसम्पादन राम्रो नभएका चिनियाँ र भारतीयसहित २७ कम्पनीसँग सात दिने स्पष्टिकरण माग

F721846B19F7130-Ram Mandir_VIP Guest Final.jpg

मुकेश अम्बानी, गौतम अडानीदेखि विराट कोहलीसम्म अयोध्यामा, यी हुन् भीआईपी अतिथिहरू

05E5171DC67061A-Ram Mandirrrrr.jpg

भव्य समारोहबीच अयोध्यामा निर्मित राममन्दिरमा रामललाको मूर्तिमा प्राण प्रतिष्ठा हुँदै