आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको छ

367B408218B985F-icon.png
145views
3837238E2E36005-durga-mataa.jpg

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ।

आज बिहान ६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए।

आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो।

घटस्थापनादेखि आज

पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मंगलबार गर्नुपर्छ। यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ।

असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिए।

दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ। तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ।

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

0641A5DD0B3F9F6-Skanda-Mataa.jpg

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा