धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

रिसोर्टमा स्थानीय युवाहरु केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानी रहेको छ ।

367B408218B985F-icon.png
309views
40B2218412F44D1-Galchhi Resort.jpg

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ मासटारमा ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ । ८ रोपनी क्षेत्रफलमा करिव १५ करोड रुपैयाँ लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

रिसोर्टमा स्थानीय युवाहरु केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानी रहेको छ । 

रिसोर्ट विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रमका लागि उपुयक्त रहेको बताइएको छ । दैनिक पाँच सय जना पाहुनालाई खाना खुवाउने क्षमता छ । 
रिसोर्टमा स्विट, स्टान्डर्ड र डिलक्स गरी १५ वटा कोठाहरु छन्, जहाँ एक पटक ५० जना बास बस्न सक्छन् । रिसोर्टका सबै कोठामा बातानुकुलित एसी जडान गरिएको छ ।

रिसोर्टमा दुईवटा कन्फ्रेन्स हल, एडल्ट र चाइल्डका लागि छुट्टाछुट्टै स्विमङ पुल, कफि सप, बार, बच्चाहरुका लागि गेमिङ जोन, चित्ताकर्षक बगैँचा लगायत छन् ।

यस्तै, रिसोर्टमा करिव दुई सयजना क्षमता रहेको रेष्टुरेन्ट र ठूलो तथा सानो गरि करिब चार सय ५० जनालाई एक पटकमा कार्यक्रम सञ्चालन गर्नको लागि कन्फ्रेन्स हलको व्यवस्था छ ।

रिसोर्ट परिसरमा सानाठूला गरी करिव सय सवारी पार्किङ गर्न मिल्छ ।

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?

बाढी प्रभावितलाई एनआरएनको एक करोड सहयोग

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्‍जिनियरको महत्व

2A316844A27B36A-PHOTO-2024-09-22-16-24-20.jpg

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

1E66E8F432913B7-Siddhartha Hotel Damauli.jpg

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

4B7B387B2B776F6-hilton final.jpg

सत्रौं तलामा स्वीमिङ पुल र लाउञ्‍ज बार, जादुयी दृश्यावलोकन गर्दै ड्रिंक्स अनि डाइनिङको आनन्द ! यस्तो बन्यो ‘हिल्टन’ होटेल