बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, बाँके, मकनावनपुर, चन्द्रनिगाहपुर, सुनसरी, महोत्तरी, बारा, रुपन्देही, कास्की, सिरहा, तनहु, चितवन, उदयपुर, मोरङ, नवलपुर लगायत जिल्लामा आफ्नो नाममा रहेको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्न फेरी सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
बैंकले देशभर ५५ ठाउँमा रहेको घरजग्गा लिलाम बिक्री गर्न शुक्रबार सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, बाँके, मकनावनपुर, चन्द्रनिगाहपुर, सुनसरी, महोत्तरी, बारा, रुपन्देही, कास्की, सिरहा, तनहु, चितवन, उदयपुर, मोरङ, नवलपुर लगायत जिल्लामा आफ्नो नाममा रहेको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो ।
बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर (राधाभवन) बाट एक हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने बताइएको छ । लिलाम हुने सम्पत्ति निरिक्षण गर्नुपरेमा वा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
यसअघि पनि एनआइसी एशिया बैंकले पटक–पटक आफ्नो नाममा दर्ता कायम रहेको घरजग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिसकेको छ । पछिल्लो समय मन्दीका कारण ऋणीले समयमा ऋण चुक्ता गर्न नसकेपछि बैंकले धमाधम धितो लिलाम गर्दै आएका छन् ।
कहाँ कहाँ बिक्री गरिँदै छ ?