मन्दीको प्रभाव प्रिमियम प्रोपर्टीमा, बुढानिलकण्ठमा बिक्रीमा चढे ३२ करोडसम्मका घर

लामो समय मन्दी छाएपछि महंगो मूल्यका ठूला प्रोपर्टी धमाधम बिक्रीमा चढ्न थालेका छन् । बैंकले पनि धितो लिलाम सकारेका प्रोपर्टी र धितो लिलाम गर्न लागेको सूचनाहरु प्रकाशित गरिरहेका छन् ।

367B408218B985F-icon.png
6489views
4A2AF0058D25B46-Budhanilkantha house.jpg

काठमाडौं । अर्थतन्त्रमा देखिएको चरम मन्दीको प्रभाव रियल इस्टेट क्षेत्रमा सबैभन्दा धेरै परेको छ । कम मूल्यका घर तथा टुक्रा जग्गामा मन्दीको प्रभाव त्यति नपरे पनि ठूला प्रोपर्टीमा भने अलि बढी नै प्रभाव देखिन थालेको छ ।

लामो समय मन्दी छाएपछि महंगो मूल्यका ठूला प्रोपर्टी धमाधम बिक्रीमा चढ्न थालेका छन् । बैंकले पनि धितो लिलाम सकारेका प्रोपर्टी र धितो लिलाम गर्न लागेको सूचनाहरु प्रकाशित गरिरहेका छन् । 

तर, महंगा प्रोपर्टी खरिद गर्ने ग्राहक भेट्याउन भनेको ‘देउता’ भेट्याउनुसरह भइसकेको रियल इस्टेट व्यवसायी बताउँछन् । 

आज हामीले काठमाडौं उपत्यकाककै प्रिमियम आवासीय क्षेत्र बुढानिलकण्ठमा बिक्रीमा राखिएका महंगो मूल्यका घरहरुका बारेमा जानकारी गराउँदै छौं ।

१) हात्तिगौंडामा १५ फिटको बाटोमा र २० आना जग्गा भएको साढे दुई तले आकर्षक बंग्लो बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडा फर्किएको सुविधा सम्पन्‍न घरको मूल्य ११ करोड ५० लाख रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

२) हात्तिगौडामा नै १७ आना क्षेत्रफलमा रहेको दक्षिण–पूर्वी मोहडा फर्किएको साढे दुई तल्ले सुविधा सम्पन्‍न अर्को बंग्लो बिक्रीको लागि सूचीकृत गरिएको छ । पाँच बेडरुम हलको यस आवासीय बंग्लोको बिक्री मूल्य १७ करोड ५० लाख तोकिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

३) बुढानिलकण्ठमा २२ आना क्षेत्रफलमा रहेको उत्तरी मोहडाको साढे दुई तल्ले आलिशान बंग्ला बिक्रीमा रहेको छ । १३ फिट बाटोको पहुच भएको सम्पूर्ण सुविधाले युक्त यस आवासीय बंग्लाको बिक्री मूल्य १६ करोड राखिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

४) बुढानिलकण्ठमा ११ आना जग्गा भएको साढे दुई तल्लाको आवासीय घर बिक्रीमा रहेको छ । १६ फिट बाटोको पहुच भएको यस दक्षिण–पूर्वी मोहडा फर्किएको पाँच बेडरुम हलको सुन्दर घरको बिक्री मूल्य ११ करोड भनिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

५) बुढानिलकण्ठमा ४० आना क्षेत्रफलमा रहेको दक्षिण मोहडाको दुई तल्ले बंग्ला बिक्रीको लागि सूचीकृत गरिएको छ । हरियाली र बगैंचा भएको यस पाँच बेडरुम हलको सुविधा सम्पन्‍न आवासीय बंग्लाको मूल्य ३२ करोड रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

६) सुकेधारामा १८ फिट बाटो भएको उत्तर–पश्‍चिम मोहडाको साढे दुई तल्लाको सुन्दर घर बिक्रीमा छ । ११ आना २ पैसा जग्गा भएको र प्रशस्त पार्किङको सुविधा रहेको सो आलिशान घरको मूल्य १० करोड ५० लाख रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

७) बुढानिलकण्ठमा ११ आना ३ पैसा क्षेत्रफल भएको पूर्वी मोहडाको सु–सज्जित आवासीय घर बिक्रीमा छ । २० फिट बाटोको पहुच भएको पाँच बेडरुम हलको घरको बिक्री मूल्य ८ करोड ५० लाख रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

८) पासिकोटमा ७ आना जग्गा भएको पाँच बेडरुम हलको सु–सज्जित घर बिक्रीको लागि राखिएको छ । १२ फिट बाटोको पहुच भएको दक्षिण–पश्‍चिम मोहडा फर्किएको यस साढे तीन तल्लाको आकर्षक आवासीय घरको बिक्री मूल्य ७ करोड भनिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

९) बुढानिलकण्ठमा ७ आना १ पैसा ३ दाम जग्गा भएको दक्षिण मोहडाको साढे चार तल्ले आवासीय घर बिक्रीमा छ । १३ फिट बाटोको पहुच भएको यस आठ बेडरुम हलको घरको मूल्य ७ करोड ५० लाख तोकिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

१०) बुढानिलकण्ठ मुहानपोखरीमा १३ फिट बाटोको पहुच र ११ आना २ पैसा जग्गा भएको साढे दुई तल्ले घर बिक्रीको लागि सूचीकृत गरिएको छ । हरियाली र प्रशस्त पार्किङको सुविधा भएको यस आकर्षक आवासीय घरको बिक्री मूल्य ५ करोड २५ लाख रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C7ECAC6A5C7A699-ChatGPT Image Apr 8, 2025, 11_35_00 AM.png

ठूला प्रोपर्टी किनबेच बढ्दै, होटल, कम्पलेक्सदेखि कर्पोरेट भवनसम्म किनबेच

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

74200234344F072-biratnagar cover.jpg

साढे दुई अर्बका तीन ठूला पोपर्टी किनबेच