पाँच अर्ब लगानीमा खुले स्टिल बिलेट र टिएमटी डन्डी उत्पादन गर्ने दुई उद्योग

गत वर्ष पाँच अर्ब लगानीमा डन्डी तथा बिलेट उत्पादन गर्ने दुईवटा रोलिङ तथा फर्नेस प्लान्ट सञ्चालनमा आएका छन् ।

367B408218B985F-icon.png
11015views
89601AA4BDC4E13-3A335D562F086DA-primier-stell-morang-final.jpg

काठमाडौं । गएको आर्थिक वर्षमा चरम निरासाकै बिच पनि नयाँ ठूला उद्योग सञ्‍चालनमा आएका छन् । 

वर्षौंदेखि सञ्‍चालनमा रहेकै उद्योग व्यवसाय संकटमा परिरहेको बेलामा ठूलो लगानीमा स्टिल तथा विलेट उद्योग, सेरामिक्स टायल, अटो एसेम्बली प्लान्टदेखि लक्जरी होटेलसम्म सञ्‍चालनमा आएका हुन् ।

गत वर्ष पाँच अर्ब लगानीमा डन्डी तथा बिलेट उत्पादन गर्ने दुईवटा रोलिङ तथा फर्नेस प्लान्ट सञ्‍चालनमा आएका छन् । सुनसरीको दुहबीमा फर्नेस प्लान्टसहितको नयाँ रोलिङ मिल सञ्‍चालनमा आएको छ भने मोरङको प्रिमियर स्टिलले फर्नेस प्लान्ट थपेको छ । 

राजकुमा गोल्छासहित पाँच ठूला व्यवसायीको संयुक्त लगानीमा पुस ०७९ मा सुनसरी जिल्लाको दुहबीमा नयाँ रोलिङ मिल सञ्‍चालनमा आएको हो । करिव साढे दुई अर्ब रुपैयाँ लगानी भएको उद्योगबाट उत्पादित बजरंग ब्रान्डको टिएमटी छड बजारमा आएका छन् ।

यो उद्योगमा दैनिक पाँच सय टन डन्डी तथा फलामजन्य सामग्री उत्पादन गर्ने क्षमता छ । उद्योगका लागि आवश्यक एमएस बिलेट पनि उद्योगले आफै उत्पादन गर्न थालेको छ । आफ्नै फर्नेस प्लान्ट राखेर स्पञ्‍ज आइरन (कच्चा फलाम)बाट गुणस्तरीय बिलेट पनि उत्पादन गरिरहेको उद्योगका सञ्‍चालकको भनाई छ ।

दुई ठूला व्यवसायीक घराना सारडा ग्रुप र राठी ग्रुपले मोरङमा प्रिमियर स्टिल बिलेट उद्योग सञ्‍चालनमा ल्याएका छन् । ९ माघ ०७९ देखि उद्योगले व्यवसायिक रुपमा बिलेट उत्पादन सुरु गरेको हो ।

बिलेट उद्योगमा करिव साढे दुई अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । 

यसअघि टिएमटी डन्डी उत्पादन गर्ने रोलिङ मिलमा डेढ अर्ब लगानी भएको थियो । उद्योगको रोलिङ मिल र फर्नेस प्लान्टमा गरी कुल चार अर्ब लगानी पुगेको छ ।

फर्नेस प्लान्ट करिव १४ महिनामै तयार भएको थियो, जसको दैनिक बिलेट उत्पादन क्षमता पाँच सय मेट्रिक टन छ । यस्तै, उद्योगको दैनिक तीन सय मेट्रिक टन टिएमटी डन्डी उत्पादन क्षमता छ ।

अहिले प्रिमियर स्टिल उद्योगले एमएस बिलेट, टीएमटी छड र स्क्वायर रड उत्पादन गरिरहेको छ ।

सरकारले स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि बिलेट उत्पादन गर्ने उद्योगको संख्या दर्जन पुगेको छ । सुरुवातमा विरोध गरेका व्यवसायीहरुले पनि पछि बिलेट उद्योग लगाइरहेका छन् ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

B483C6EB301401B-Hetauda final.jpg

बागमती प्रदेशको बजेटः 'बृहत हेटौंडा सहर' बनाउन सम्भाव्यता अध्ययन गरिने

26DC82D5F722931-20240610_131435.jpg

सिमरामा खुल्यो देशकै पहिलो ग्रेनाइट उद्योग

8D8C60A44841978-Condo-vs-apartmentttt.jpeg

सरकारी र निजी सहभागितामा सुपथ मूल्यका ५० हजार आवास निर्माण गरिने