सरकारी र निजी सहभागितामा सुपथ मूल्यका ५० हजार आवास निर्माण गरिने

सरकारले सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ

367B408218B985F-icon.png
685views
8D8C60A44841978-Condo-vs-apartmentttt.jpeg

काठमाडौं । सरकारले निजी क्षेत्रसँगको सहभागितामा जग्गा विकास गरी विपद् प्रतिरोधी र सुपथ मूल्यका ५० हजार आवास इकाइ विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यका र अन्य सम्भाव्य स्थानमा आवास विकास गर्ने बताएका हुन् ।

पहिलो चरणमा काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)बाट प्रस्ताव गरिएका नयाँ शहरमा कार्यक्रम सञ्‍चालन गरिने भएको छ । दोस्रो चरणमा सम्भाव्यताका आधारमा काठमाडौं उपत्यकाबाहिर आवास एकाइ विकास गर्ने बजेट वक्तव्यमा उल्लेख छ । 

सरकारले सहरी विकास मन्त्रालयतर्फ ९२ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सहर तथा बस्तीलाई आर्थिक रूपमा गतिशील, वातावरणीय रूपमा स्वच्छ, सुरक्षित, व्यवस्थित र उत्थानशील बनाउन सहरी पूर्वाधारमा लगानी केन्द्रित गरेको अर्थमन्त्री पुनले बताए । व्यवस्थित शहरी विकासको लागि सघन शहरी कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्‍चालन गर्न २७ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालनबाट आगामी वर्ष ५४ हजारभन्दा बढी घरको फुस, पराल, खरको छानालाई जस्तापाता वा अन्य स्थायी सामग्रीले प्रतिस्थापन गरिने भएको छ । 

जनता आवास कार्यक्रमअन्तर्गत गरिब, असहाय तथा सीमान्तकृत समुदाय बसोबास गर्ने अव्यवस्थित तथा झुपडी वस्तीलाई व्यवस्थित वस्तीमा स्तरोन्‍नति गर्न ८० करोड विनियोजन गरिएको छ । 

हुलाकी राजमार्ग आसपासका साना तथा नयाँ सहरमा सहरी पूर्वाधार निर्माण गरिने भएको छ । प्रमुख धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी र लुम्बिनी कोरिडोरमा रहेका नगरपालिका तथा पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार विकास गर्ने घोषणा गरिएको छ । 

अर्थमन्त्री पुनले एकीकृत सहरी पूर्वाधार विकासका लागि चार अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेका छन् । 

प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न सम्भाव्यता अध्ययनका लागि रकम व्यवस्था गरिएको छ । नवलपरासी बर्दघाट–सुस्ता पूर्व र रुकुम पूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ बिनियोजन गरिएको छ । 

व्यवस्थित वस्तीका लागि उपत्यकामा जग्गा विकास गरिने

सरकारले काठमाडौं उपत्यकाको गोदावरी, तारकेश्वर, ललितपुर, नागार्जुन, चाँगुनारायण, भक्तपुर लगायतका नगरपालिकामा जग्गा विकास गर्ने भएको छ । 

काठमाडौंको उत्तर–पूर्व क्षेत्रमा नयाँ नगर निर्माण कार्य अगाडि बढाउन बजेट व्यवस्था गरिएको छ । सरकारले सुर्खेतको भेरी गंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक शहर बनाउन गुरुयोजना तर्जुमा गर्ने भएको छ । यस्तै, नख्खु कोरिडर र धोबीखोला कोरिडर निर्माण कार्यलाई निरन्तरता दिइने छ । 

डोटीको सिलगढीलाई साँस्कृतिक शहरको रूपमा विकास गरिने छ । 

रेमिट्यान्सबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित वस्ती विकास कार्यक्रम

सरकारले वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गर्ने भएको । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १०  परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहित गर्ने बजेटमा घोषणा गरिएको छ ।

बाराको सीम्रौनगढ, पर्साको ठोरी, मुस्ताङको लोमान्थाङ, उपल्लो डोल्पाको धो उपत्यका, हुम्लाको लिमी उपत्यका  र  कञ्चनपुरको चाँदनी दोधारामा नयाँ नमूना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गरिने भएको छ ।  

कोरिडोरमा स्काई–वे तथा पडवे यातायात

सरकारले स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाको धोबिखोला, बागमती र बिष्णुमती कोरिडोरमा स्काई–वे तथा पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको छ । 

बागमती नदीमा सुक्खायाममा न्यूनतम बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरीका क्षेत्रमा जलपुनर्भरण केन्द्र निर्माण र जलाधार संरक्षण गरिने छ । बागमती नदी प्रणालीको सान, सभ्यताको उत्थान भन्ने सोचका साथ बागमती नदीको सफाइ अभियानलाई निरन्तरता दिइने भएको छ । बागमती सभ्यता परियोजनाका लागि दुई अर्ब ७२ करोड विनियोजन गरिएको छ । 

संसद भवन बनाउन २ अर्ब १२ करोड बजेट

आगामी आवमा संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्न दुई अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, अर्थमन्त्री पुनले पूर्वाधार विकास, रोजगार सिर्जना र क्षमता विकास गर्न नगरपालिकामा सञ्चालित शहरी शासकीय क्षमता विकास कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेका छन् । 

गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

E78746C05918F37-images.jpeg

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

75E810B10F5A166-apartment.jpg

७ हजारभन्दा बढी आवास इकाइका ७७ अपार्टमेन्टले पाए निर्माण स्वीकृति