घरकर्जामा देखिएन तरलता अभावको प्रभाव, ८ महिनामा १४ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट साउनदेखि फागुनसम्म ६८ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

367B408218B985F-icon.png
472views
2F32BE0676AEC81-033DC20ECCE9A95-AFB279885985C12-banks-logo.jpg

तरलता अभावका कारण बैंकहरुले प्रवाह गर्ने कर्जामा संकुचन आएपनि घरकर्जामा कुनै प्रभाव देखिएको छैन । तरलता अभावकै बिच पनि रियलस्टेट क्षेत्रमा कर्जा बढिरहेको नेपाल राष्‍ट्र बैंकको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक बर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट (व्यक्तिगत आवासीय घरकर्जा समेत) प्रवाह गरेको कर्जा १४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट साउनदेखि फागुनसम्म ६८ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये व्यक्तिगत आवासीय कर्जा ३९ अर्ब ४ करोड ५१ लाख र रियलस्टेट कर्जा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ रहेको छ ।

फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट रियलस्टेट क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम ५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ, जसमध्ये व्यक्तिगत आवासीयतर्फ ३ खर्ब ३७ अर्ब ३० करोड र रियल स्टेटतर्फ २ खर्ब १२ अर्ब ६७ करोड कर्जा प्रवाह भएको राराष्‍ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंकहरुले तरलता संकटको सामाना गरिरहँदा कर्जा प्रवाहमा चाप परेको छ । तर, अरु क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आउँदा पनि घजग्गा (रियलस्टेट) क्षेत्रमा प्रवाह हुने कर्जामा भने कुनै प्रभाव देखिएको छैन् । घरजग्गामा कर्जा बढेपछि जग्गा किनबेचसँगै मूल्य पनि स्वभाविक बढ्ने रियलस्टेट व्यवसायी बताउँछन् ।

८ महिनामा प्रवाह भएको रियलस्टेट (व्यक्तिगत आवासीय कर्जाबाहेक) कर्जा २९ अर्बमध्ये मध्ये ४ अर्ब ३१ करोड ३७ लाख रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक), कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ५ अर्ब ७० करोड ९५ लाख, आम्दानी गर्ने कमर्सियल कम्पलेक्समा १४ करोड ८५ लाख, अन्य रियलस्टेट (ल्यान्ड पर्चेज एन्ड प्लटिङसहित) १८ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कमर्सियल रुपमा जग्गा किन्न र प्लटिङ गर्नका लागि ८ महिनामा २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्‍ट्र बैंकले जनाएको छ । 

प्रणालीमा रिसोर्सको दबाब हुँदा पनि बैंकबाट मोटो कर्जा रकम अनुत्पादक क्षेत्रमा प्रवाह भइरहेको भन्दै राष्‍ट्र बैंकले आगामी १ साउनदेखि लागू हुने गरी कमर्सियल रुपमा जग्गा खरिद तथा प्लटिङ गर्न लिइने ऋणमा कडाई गर्ने नीति लिइसकेको छ । राष्‍ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फत जग्गा किन्‍न र प्लटिङ गर्न प्रवाह हुने कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको हो । 

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

बाढीपहिरोबाट मकवानपुरमा ३१७ घरमा क्षति, एक अर्बभन्दा बढीको क्षति

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो