घर निर्माण गर्दा आफ्नो जग्गाको कति प्रतिशत ठाउँ खाली छाड्नुपर्छ ?

घर बनाउँदा उक्त मापदण्ड नगरेमा नक्सा पास वा भवन निर्माण सम्पन्न प्रमाणपत्र पाइँदैन । घर बनाउँदा ग्राउन्ड कभरेज रेसियो (जीसीआर), फ्लोर एरिया रेसियो (एफएआर) र घरको हाइटको मापदण्ड पालना गर्नुपर्छ । घर डिजाइन गर्नुअघि आर्किटेक्ट इन्जिनियरले पालना गर्नुपर्ने मापदण्ड पनि हो, जीसीआर, एफएआर र ओभरअल हाइट ।

367B408218B985F-icon.png
1956views
706EE81A30311F5-KSM House.jpg

हरेकले घर बनाउँदा भवन निर्माण संहिता अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सम्बन्धित नगरपालिकाले भवन निर्माणका लागि आ–आफ्नै मापदण्ड बनाएर लागू गरेका छन् । घर बनाउँदा उक्त मापदण्ड पालना नगरेमा नक्सा पास वा भवन निर्माण सम्पन्न प्रमाणपत्र पाइँदैन ।

घर बनाउँदा ग्राउन्ड कभरेज रेसियो (जीसीआर), फ्लोर एरिया रेसियो (एफएआर) र घरको हाइटको मापदण्ड पालना गर्नुपर्छ । घर डिजाइन गर्नुअघि आर्किटेक्ट इन्जिनियरले पालना गर्नुपर्ने मापदण्ड पनि हो, जीसीआर, एफएआर र ओभरअल हाइट ।
 

जीसीआर (ग्राउन्ड कभरेज रेसियो)

केएसएम सर्भिसेजका सञ्चालक नृपेश  तण्डुकारका अनुसार घर बनाउँदा जीसीआर मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । आफ्नो जग्गामा कति प्रतिशत खाली ठाउँ छाडेर घर निर्माण गर्न पाइन्छ भन्ने नै जीसीआर हो । सामान्यतया घर बनाउँदा जीसीआर न्यूनतम ३० प्रतिशत छाड्नुपर्छ र ७० प्रतिशत क्षेत्रफलमा मात्र घर बनाउन पाइन्छ ।

‘कोर शहरी एरियामा ८० प्रतिशतसम्म जग्गा ओगटेर घर बनाउन पाइन्छ,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा ६० प्रतिशतभन्दा बढी जग्गामा घर बनाउन पाइँदैन । ठाउँ र जग्गाको क्षेत्रफल हेरेर जीसीआर पनि फरक–फरक तोकिएको छ ।’  

उनका अनुसार न्युरोड, असन, इन्द्रचोक, ठमेललगायत कोर सिटी एरियामा पुरानो घर भत्काएर नयाँ बनाउनु परेमा सय प्रतिशत नै जग्गा कभरेज गर्न पाइन्छ । यदि त्यहाँ पनि खाली ठाउँमा घर बनाउनु परे २० प्रतिशत खाली जग्गा छाड्नुपर्ने व्यवस्था छ ।

‘कमर्सियल वा रेसिडेन्सियल भवनको पनि जीसीआर फरक हुन्छ,’ उनी भन्छन्, ‘जग्गाको क्षेत्रफलले पनि जीसीआर फरक पर्छ ।  आठ आना जग्गामा आवासीय घर बनाउँदा ७० प्रतिशतसम्म जग्गा कभरेज गर्न पाइन्छ । आठ आनाभन्दा बढी जग्गा भएमा ६० प्रतिशत जग्गामा मात्र घर बनाउन पाइन्छ ।’

एफएआर (फ्लोर एरिया रेसियो)

फ्लोर एरिया रेसियो (एफएआर) भनेको कति क्षेत्रफल जग्गामा कत्रो घर बनाउन पाउने भनेर तोकिएको मापदण्ड हो । एफएआर पनि ठाउँ हेरेर फरक–फरक छ । तण्डुकारका अनुसार धेरैजसो नगरपालिकामा एफएआर १.७५ निर्धारण गरिएको छ । काठमाडौँमा ठाउँ हेरेर २.५, ३.५, ४.५ सम्म तोकिएको छ । ‘कोर सिटी एरिया र रेसिडेन्सियल एरियामा बनाइने घर र  भवनका लागि फरक–फरक एफएआर तोकिएको छ,’ उनी भन्छन् । 

उदाहरणका लागि एक हजार स्क्वायरफिट क्षेत्रफलमा घर बनाउँदै हुनुहुन्छ र त्यहाँ एफएआर २.५ तोकिएको छ भने तपाईंले आफ्नो जग्गामा १०००×२.५ = २५०० स्क्वायर फिटको घर बनाउन सक्नुहुन्छ । अर्थात्, एक-एक हजार फिटका दुई तला र पाँच सय फिटमा आधा तला गरेर अढाई तले घर बनाउन सकिन्छ । 

ओभरअल हाइट

आफ्नो जग्गामा आफूले चाहेजति उचाइको घर बनाउन पाइँदैन । काठमाडौँ महानगरपालिकाभित्र १७ मिटरसम्मको घर बनाउन पाइने व्यवस्था छ । अरू नगरपालिकाका पनि आ–आफ्नै मापदण्ड रहेका छन् । 

काठमाडौँ महानगरभित्र १७ मिटरभन्दा अग्लो भवन बनाउनु परेमा फरक मापदण्ड पालना गर्नुपर्ने तण्डुकार बताउँछन् । भन्छन्, ‘अग्लो घर बनाउँदा चारैतिर जग्गा छाड्नेदेखि भवनको डिजाइनसम्म फरक मापदण्ड पालना गर्नुपर्छ ।’

काठमाडौँमा ९.५ फिट उचाइका कोठा बनाउँदा १७ मिटरको मापदण्डभित्र छ तलाको घर बनाउन सकिन्छ । छतमा बनाइने भर्‍याङ छोप्ने ठाउँ बनाउँदा १७ मिटरको मापदण्डभित्र राख्नु पर्दैन । तर, त्यहाँ भयाङ ढाक्ने ठाउँसँगै कोठा वा बाथरुम पनि निकाल्न भने पाइन्न । भर्‍याङ छोप्ने ठाउँसहित अरू कोठा पनि निकाल्ने हो भने १७ मिटरको मापदण्डभित्र रहनुपर्ने तण्डुकार बताउँछन् ।

Cover Image: KSM Nepal 

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

2A316844A27B36A-PHOTO-2024-09-22-16-24-20.jpg

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

1E66E8F432913B7-Siddhartha Hotel Damauli.jpg

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

5BE42F804E46F82-bhtadi64-1726025709.jpg

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै