सम्पत्तिको दान/बकस के हो ? कसरी दिने ? कस्तो अवस्थामा सदर वा बदर हुन्छ ?

आफुले दुःख गरेर कमाएको सम्पत्तिको सही सदुपयोग र उचित व्यवस्थापन भयो भने कमाउने व्यक्तिले पनि सन्तुष्टि प्राप्त गर्छ । यदि सदुपयोग गर्ने सन्तान वा कानुनी उत्तराधिकारी भएन भने सम्पत्ति व्यवस्थापन कसरी गर्ने अर्को तनावको विषय बन्न जान्छ । 

6EA801F0EA00549-Muluki-ain.jpg

सम्पत्ति कमाएर वा जोडेर मात्र जीवनको लक्ष्य पूरा हुँदैन । त्यसको उचित व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हुन्छ । 

आफुले दुःख गरेर कमाएको सम्पत्तिको सही सदुपयोग र उचित व्यवस्थापन भयो भने कमाउने व्यक्तिले पनि सन्तुष्टि प्राप्त गर्छ । यदि सदुपयोग गर्ने सन्तान वा कानुनी उत्तराधिकारी भएन भने सम्पत्ति व्यवस्थापन कसरी गर्ने अर्को तनावको विषय बन्न जान्छ । 

यस्तो अवस्था भएमा सम्पत्ति व्यवस्थापनको एक मात्र विकल्प बन्न सक्छ, सम्पतिको दान वा बकस गर्ने ।

के हो सम्पत्तिको दान/बकस ?

कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति अर्को कुनै व्यक्तिलाई या धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क रूपमा दिने कार्यलाई दान मानिन्छ । 

मुलुकी देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १० मा दान/बकससम्बन्धी व्यवस्था गरिएको छ । जसमा कुनै व्यक्तिले आपूmलाई पालनपोषण गरी वा अन्य तवरले रिझाएबापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा कसैलाई निःशुल्क दिने कार्यलाई बकस मानिने उल्लेख छ । 

दान वा बकस दिँदा दुई प्रकारबाट दिन सकिने व्यवस्था कानुनले गरेको छ  ।

हालको बकस

दान वा बकस दिनासाथ वा कुनै निश्चित अवधिपछि बकस प्राप्त गर्ने व्यक्तिको हक स्थापित हुने गरी दिइने बकसलाई हालको बकस भनिन्छ । यस्तो बकस, बकस पास गर्नासाथ वा कुनै निश्चित अवधि तोकिएकोमा सो अवधिपश्चात् क्रियाशील हुने व्यवस्था छ । तत्काल सम्पत्तिको हक हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा यस्तो प्रकारको बकस प्रभावकारी मानिन्छ ।

शेषपछिको बकस 

दान वा बकसपत्र दिने व्यक्तिको मृत्युपछि मात्र प्रभावकारी हुने वा हक हस्तान्तरण भएको मानिने गरी गरिने दान वा बकसलाई शेषपछिको बकस भनिन्छ । 

यस्तो बकसमा बकस दिने व्यक्तिको जीवनपर्यन्त अधिकार रहन्छ भने मृत्युपश्चात् मात्र बकस प्राप्त गर्ने व्यक्तिमा हक सर्दछ । 

कसैको सम्पत्तिको सन्तान वा कानुनी उत्तराधिकारी नभएमा पालनपोषण वा संरक्षण गर्ने कुनै व्यक्ति वा धार्मिक, सामाजिक वा सार्वजनिक निकायलाई हक हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा यस्तो प्रकारको बकस प्रभावकारी मानिन्छ । 

शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आपूmले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्ने व्यवस्था कानुनले गरेको छ । 

बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुुट्टै लिखत खडा गरीे बकसपत्र संशोधन वा रद्द गराउनुपर्ने व्यवस्था छ । कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति बकसपत्र रद्द नगराई अर्को व्यक्तिलाई बकसपत्र गरी दिन सक्ने छैन भन्ने कानुनी व्यवस्था छ । 

तर, शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तोे बकसपत्र पाउनेले बकसपत्र दिने व्यक्तिविरुद्ध कुनै फौजदारी कसुर गरेको ठहरेमा निजले शेषपछिको बकसपत्रबमोजिम सम्पत्ति प्राप्त गर्न नसक्ने प्रावधान पनि कानुनमा राखिएको छ ।

कसरी दिने दान बकस ?

उद्घोषण गरी सम्पत्ति दान वा बकस दिन सक्ने 

कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान वा बकस दिन सक्ने व्यवस्था कानुनले गरेको छ । तर, निजले सार्वजनिक रूपमा उद्घोषण गरी त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा भने कुनै उजुरबाजुर वा नालिस गरी हक हस्तान्तरण गराउन बाध्य पार्न नसकिने पनि कानुनमा उल्लेख छ ।

दान वा बकस कसरी बदर हुन सक्छ ?

स्वतः बदर हुने अवस्था

कानुनको यस परिच्छेदको व्यवस्था अनुरूप दिइएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुन सक्ने व्यवस्थाको परिकल्पना पनि कानुनले गरेको छ । 

जसअनुसार दान वा बकस पाउने व्यक्ति आफैँले वा आफ्नो प्रतिनिधिमार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा, कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा तर दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा पनि दान वा बकस स्वतः बदरभागी हुन्छ । 

गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा र दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा बकस स्वतः बदर भएको मानिने उल्लेख छ ।

बदर गराउन सकिने अवस्था 

कानुनको रीत नपु¥याई गरेको दान वा बकस बदर गराउन सकिने व्यवस्था कानुनले गरेको छ । 

जसअनुरूप अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा, कानुनबमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा र असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा त्यस्तो दान बकस कच्चा ठहरी बदर गर्न सकिने व्यवस्था छ । अन्य व्यक्तिको मञ्जुरी लिनुपर्ने अवस्थाको सम्पत्ति मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको सम्पत्ति बदर हुने व्यवस्था कानुनमा उल्लेख छ ।

हदम्यादको व्यवस्था

कानुनको दान÷बकसको परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएमा सोहीबमोजिम आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेदबमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिपादित नजिर

दान वा बकसका सम्बन्धमा सर्वोच्च अदालतबाट विभिन्न नजिर प्रतिपादित भएका छन् । कसैले कसैको सेवा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुशीले आफ्नो हक पुग्ने सम्पत्ति सहयोग गर्ने व्यक्तिलाई निःशुल्क दिएको बकस वास्तविक अर्थमा बकस मानिने, यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुशी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म हुने नजिर स्थापित छ । 

वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्ने, बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा विवादको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने पनि अदालती नजिर छन् ।

छुट्टी भिन्न भइसकेपछि आमाले आफ्नो अंशको जग्गा छोरीलाई बकसपत्र दिन नपाउने भन्ने हुँदैन । बन्डापत्रमा कुनै शर्त लेख्दैमा सो शर्तले अंशियारलाई बाँध्दैन । अंशियारहरूबीच जियजियै बन्डा गर्नुपर्ने अंशको विषयमा बन्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान वा बकस गर्न पाउँदैन भन्नु भेदभावपूर्ण हुन जाने अदालतले फैसला गरेको छ । 

अंश मुद्दा परेपछि वादीसमेतका अंशियारको अंशहक पुग्ने विवादित जग्गा वादीहरूको मञ्जुरी नलिई प्रतिवादी दिने र लिने भई पारित भएको हा.ब. लिखत कायम रहन सक्ने नदेखिने पनि ठहर गरिएको छ ।  

कसैले अरूको समेत हक लाग्ने आफूले दिन नहुने सम्पत्ति बकस गरिदिएकोमा हक पुग्नेले ‘उक्त लिखत बदर गरिपाऊँ’ भनी दाबी लिई जान सकिनेमा लिखत गरी दिने पक्षले नै आफूले गरिदिएको लिखत बदर गरिपाऊँ भनी दाबी गर्न नमिल्ने अदालती फैसला छ । 

हालैदेखिको बकसपत्र लिखत पारित भएकै मितिदेखि दिनेको हक समाप्त भई लिनेको हक सिर्जना हुने भएकाले सोही मितिदेखि पाउनेले सो सम्पत्ति आफूखुशी गर्न कुनै कानुनले निषेध नगरेको अवस्थामा उक्त सम्पत्ति आफ्नो श्रीमतीलाई हालैको बकसपत्र पारित गरेको क्रियालाई कानुन विपरीतको कार्य भन्न नमिल्नेलगायत नजिरहरू दान÷बकसका सम्बन्धमा प्रतिपादित भएका छन् ।

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

75E810B10F5A166-apartment.jpg

७ हजारभन्दा बढी आवास इकाइका ७७ अपार्टमेन्टले पाए निर्माण स्वीकृति

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

D025EED463F3A46-property-sale_new.png

अंशियारको मञ्जुरी नलिई सगोलको सम्पत्ति बेच्न पाइन्छ त ? यस्तो छ कानुनी व्यवस्था