०८१ सालमा देशभर ४ सय ७१ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ
काठमाडौं । गत वर्ष ०८१ को अन्तिम महिना चैतमा बहुतले आवास अपार्टमेन्ट किनबेच घटेपनि समग्र वर्षमा कारोबार ३५ प्रतिशतले बढेको छ ।
०८१ सालमा देशभर ४ सय ७१ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाको छ । अघिल्लो वर्ष ०८० सालमा ३ सय ४९ युनिट मात्र अपार्टमेन्ट किनबेच भएका थिए ।
गत वर्ष असार र पुसमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएका थिए । दुर्ब महिना ७१/७१ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ । मंसिरमा ६३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए भने फागुनमा ५३ युनिट किनबेच भए ।
वर्षको अन्तिम महिना चैतमा ३४ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ । गत वर्ष साउनमा सबैभन्दा कम अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ, सो महिना १६ युनिट मात्र अपार्टमेन्ट किनबेच भएका थिए ।
वर्षको पहिलो महिना वैशाखमा २८, जेठमा ३०, भदौमा २४, असोजमा २३, कात्तिकमा २९ र माघमा २९ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।
नेपालका काठमाडौं, ललिपतुर, पोखरा, रुपन्देही, पर्सा (वीरगञ्ज), झापालगायत जिल्लामा आपार्टमेन्ट किनबेच हुँदै आइरहेका छन् ।
अपार्टमेन्टको सबैभन्दा ठूलो कारोबार काठमाडौं उपत्यकामा हुने गर्छ भने पोखरामा पनि अपार्टमेन्ट कल्चर जबरजस्त रुपमा अगाडि बढिरहेको देखिन्छ ।
चैतमा कहाँ कति किनबेच ?
चैतमा सबैभन्दा धेरै अपार्टमेन्ट ललिपतुरमा किनबेच भएका छन् । ललितपुरको लगनखेल मालपोतबाट चैतमा ११ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ ।
काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयबाट ११ अपार्टमेन्ट किनबेच हुँदा काठमाडौंकै कलंकी मालपोतबाट ६ युनिट किनबेच भएका छन् ।
यस्तै, पर्साको वीरगञ्जमा चैतमा ६ युनिट अपार्टमेन्ट किनबेच भएका छन् भने काठमाडौंको चावाहिल मालपोतबाट एउटा किनबेच भएको छ ।