चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

लामो समयदेखि सुस्त रहेको घरजग्गा करोबार वर्षान्तमा सुखद रहेको छ, जसले घरजग्गा व्यवसायीलाई उत्साहित बनाएको छ

367B408218B985F-icon.png
597views
E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

काठमाडौं । वर्ष ०८१ को अन्तिम महिना चैतमा देशभर घरजग्गा कारोबारदेखि राजश्व संकलनसम्म बढेको छ ।

चैतमा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ८३२ घरजग्गाको लिखत पारित भएको छ । यो संख्या चालु आर्थिक वर्षकै सबैभन्दा उच्च हो ।

यस्तै, चैतमा देशभर चार अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजश्व संककलन भएको थियो । चैतमा संकलित राजश्व पनि चालु वर्षकै उच्च रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

 भूमि विभागका अनुसार यसअघि पुसमा ४८ हजार १५६ घरजग्गा कारोबार हुँदा चार अर्ब २५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

लामो समयदेखि सुस्त रहेको घरजग्गा करोबार वर्षान्तमा सुखद रहेको छ । जसले घरजग्गा व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।

चैतमा लिखत पारित, रोक्का फुकुवा, नामसारी, जग्गा दर्ता लगायत शिर्षकमा एक लाख ४७ हजार ४१६ सेवा प्रवाह भएको छ ।

उपत्यकामा पनि आर्थिक वर्षकै उच्च कारोबार

काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि चालु आर्थिक वर्षकै उच्च घरजग्गा किनबेच भएका छन् । उपत्यकाका नौ मालपोत कार्यालयबाट एक महिनतामा चार हजार ४७९ घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ ।

विभागका अनुसार लगनखेलबा ९५१, गोटीखेलबाट १७, भक्तपुरबाट एक हजार ६१, डिल्लीबजारबाट २४७, चावहिलबाट ५४८, कलंकीबाट ७२७, मनमैंजूबाट २६५, साँखुबाट ४८७, टोखाबाट १७६ घरजग्गाको लिखत पारित भएको छ ।

झापा, मोरङ र सुनसरीमा उच्च कारोबार

चैत महिनामा पनि सुनसरीको इनरुवा मालपोतबाट सबैभन्दा धेरै घरजग्गा कारोबार भएका छन् । एक महिनामा इनरुवामा १८ सय ९६ घरजग्गाको लिखत पारित भएको हो ।

झापाको भद्रपुरमा १८ सय चार, मोरङको बेलवारीमा १७ सय १४, धनुषामा १५ सय ३४, सप्तरीको राजविराजमा १४ सय नौ, सर्लाहीको मलंगवामा १२ सय ४७, सिराहामा ११ सय ६१ घरजग्गाको लिखत पारित भए ।

यस्तै, कैलालीको धनगढीमा एक हजार ८५, भक्तपुरमा एक हजार ६१, मोरङको विराटनगरमा एक हजार २३ घरजग्गाको लिखत पारित भएका छन् ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

9920323002F9E25-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव