गोँगबुमा किनिन् चार करोडमा आलिसान घर, कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने गतिलो उदाहरण बनिन्
काठमाडौं । अथक संघर्ष, लगनसिलता र मिहेनतले चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको भव्य जीवन सुरु भएको छ । उनले लोकसंगीतको कमाईबाट हालै काठमाडौंको गोंगबुमा चार करोडको आलिसान घर किनेर सरेकी छिन् ।
शान्तिश्री नेपालमा पनि कलाकर्मबाटै करोडौंको सम्पत्ती जोड्न सकिन्छ भन्ने गतिलो उदाहरण समेत बनेकी छिन् । पछिल्लो समयकी उनी चल्तीकी सर्वाधिक लोकप्रिय गायीका हुन् । उनका गीतले युट्युबमा किर्तीमानी भ्यूज बटुलेर नयाँ इतिहास रचेका छन् ।
उनको स्वर रहेको ‘रूकुम मैकोट’ छोटो समयमै युट्युबमा १० करोड भ्यूज पार गर्ने पहिलो नेपाली गीत बनेको छ भने उनकै स्वरको अर्को गीत ‘अरेली काँडैले’ पनि १० करोड भ्यूज पार गर्ने पहिलो नेपाली लोकगीत बनेर नयाँ रेकर्ड राखेको छ ।
युट्युब प्लेटर्फमा १० करोड भ्यूजको कीर्तिमानपछि शान्तिश्रीको भव्य जीवन सुरूवात पनि भएको छ । निरन्तरको संघर्ष र सफलताले एकदिन सफलताको शिखरमा पुगिन्छ भन्ने उनी ज्वलन्त उदाहरण हुन् ।
शान्तिश्री रोल्पाको दुर्गम गाउँमा निम्नमध्य वर्गीय परिवारमा जन्मेकी असाधारण चेली हुन् । कुनै समय जीवन चलाउन गिट्टी कुट्नेदेखि लोकदोहोरी साँझमा गाउने गर्थिन् । ०६४ सालमा काठमाडौं आएर लोकदोहारी साँझमा गाउन थालेपछि उनको खास सांगीतिक यात्रा सुरुवात भएको थियो ।
अहिले उनलाई देशभरका मेलामहोत्सवमा मात्र होइन, विदेशमा समेत आफ्नो प्रस्तुती दिन भ्याइनभ्याई छ । पछिल्लो समय सर्वाधिक डिमान्डेड गायिका शान्तिश्रीका ‘बोल माया’, ‘गलबन्दी’, ‘अरेली काँडैले’, ‘रुकुम मैकोट’ सर्वाधिक सुपरहट गीत हुन् ।
यसका अलवा उनका दर्जनौं सुपरहिट गीत दर्शक स्रोतामाझ पस्किसकेकी छन् । उनको अथक मिहेनत र सघर्षले लोकप्रियता बढेसँगै आर्थिक रुपमा पनि सबल बन्दै गइन् ।
सामाखुसीमा भाडाको घरमा बस्दै आएकी उनी गोंगबु गणेशस्थानमा भव्य घर किनेर आफ्नै घरमा सरेकी छन् । उनले साढे दुई तलाको घर खरिद गरेकी छन् उनको घरमा सेतो र क्रिम कलर लगाइएको हुनाले नियोक्लासिकल दरबार जस्तै देखिन्छ ।
दोहोरो मोहोडा हुनाले गेट पनि दुईतर्फ नै राखिएको छ ।