दरबारमार्गको फुटपाथ ग्रेनाइट बिछ्याएर टल्काइँदै, सवा ५ करोड लाग्ने

ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने

367B408218B985F-icon.png
258views
C9F6BCA46593F28-durbarmarg-footpath-1.jpg

काठमाडौं  । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेको छ । नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने काम भइरहेको छ ।

महानगरले दुबैतर्फका फुटपाथको चौडाई विस्तार गरेर ग्रेनाइट राखेर टिलिक्क टल्काउन लागेको हो । पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुने महानगरले जनाएको छ । 

फुटपाथजमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ । त्यसभन्दा माथि पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि बल्ल ग्रेनाइट बिछ्याइन्छ ।

महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म सक्काउनुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको हो ।

दबारमार्गमा ग्रेनाइट बिछ्याउने कामको महानगर अनुगमन समिति संयोजक रहेकी उपप्रमुख सुनिता डंगोलले अनुगमन गरिन् । फुटपाथमा गरिएको ग्रेनाइट सेटिङ निरीक्षण गर्दै उनले पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुख संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखेकी थिइन् ।

त्यस्तै सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रिया निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।

चर्चित गायिका शान्तिश्री बनिन् भव्य घरकी मालिक्नी

दरबारमार्गको फुटपाथ ग्रेनाइट बिछ्याएर टल्काइँदै, सवा ५ करोड लाग्ने

बुटवलमा खुल्यो सुबिधासम्पन्न सिद्धार्थ कटेज

विश्वकै चर्चित नेपाली क्लब ‘एलओडी’ले पुरा गर्‍यो सञ्चालनको छैठौं वर्ष

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

इमाडोल क्षेत्रमा सबैभन्दा धेरै घरजग्गा बिक्रीका लागि लिस्टिङ, यी हुन् नौ हटस्पट

बैंकमा थुप्रियो साढे ३८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

घरमा अँध्यारा कोठाहरूका लागि सही रंग कसरी छनोट गर्ने ?

06C9441DBCC8E1B-Shanti shree cover.jpg

चर्चित गायिका शान्तिश्री बनिन् भव्य घरकी मालिक्नी

9FF1DE0C462134F-Bedroom-Colors-Nepalnaksa.jpg

घरमा अँध्यारा कोठाहरूका लागि सही रंग कसरी छनोट गर्ने ?

4266BE5385479E9-474745930_995489585946271_4021970332497114775_n.jpg

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम