घरजग्गामा कर्जा प्रवाह बढाएर शिथिल बनेको घरजग्गा व्यवसाय चलायमान बनाउन राष्ट्र बैंकले उदार नीति लिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जाको सिमा ५० करोडले बढाएर साढे दुई करोड पुर्याएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरेका हुन् ।
यसअघि व्यक्तिगत आवासीय घरकर्जाको सिमा अधिकतम दुई करोड रुपैयाँ कायम थियो । घरजग्गामा कर्जा प्रवाह बढाएर शिथिल बनेको घरजग्गा व्यवसाय चलायमान बनाउन राष्ट्र बैंकले उदार नीति लिएको हो ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले व्यक्तिगत आवासीय कर्जाको डेढ करोडको सिमा बढाएर दुई करोड पुर्याएका थिए ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिबाटै घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा खुला नीति लिन थालेको थियो । यसलाई गभर्नर अधिकारीले सहजतापूर्वक लचक नीति भन्दै आएका छन् ।